निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु « Khabarhub

निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निजामती कर्मचारी अस्पतालले पहिलो पटक ‘कम्युटर नेभिगेसन प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण’ सुरु गरेको छ ।

आज यहाँ अस्पतालमा आयोजित कार्यक्रममा सरकारका मुख्यसचिव एकनारायण अर्यालले उक्त प्रविधिको उपचार सेवा उद्घाटन गरे । उनले नयाँ प्रविधिबाट सुरु गरिएको यस सेवाले बिरामीलाई सहज हुने विश्वास व्यक्त गरे ।

“नयाँ प्रविधिबाट घुँडा उपचारको सेवा दिनु निजामती कर्मचारी अस्पतालका लागि कोसेढुङ्गा हो । यो प्रविधि नेपालका अरु अस्पताल छैन”, मुख्यसचिव अर्यालले भने, “अब अस्पतालले अन्य उपचारकधा लागि पनि नयाँ प्रविधि भित्र्याउनुपर्छ ।”

उनी नाम निजामती भए पनि अस्पताल सबै जनताको रहेको भन्दै अरु अस्पतालभन्दा यसलाई उत्कृष्ट बनाउनुपर्ने बताए । अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीले कम्प्युटर प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण गरेर सेवा शुभारम्भ गरिसकेको र अब हरेक सेवामा अत्याधुनिक उपचार पद्धति लागू गरिने बताए ।

घुँडाको जोर्नी प्रत्यारोपण गर्न सफल चिकित्सक डा सुमनबाबु मरहठ्ठाले कम्प्युटर नेभिगेसन प्रविधीबाट घुँडा प्रत्यारोपण गर्नु नेपालमा पहिलो भएको बताए । “अरु प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण गरिए पनि कम्प्युटर नेभिगेशन प्रविधिबाट पहिलो पटक हो”, उनले भने, “यसले बिरामीलाई सहज र चाँडै निको हुने हुन्छ ।”

डा मरहठ्ठाले घुँडा खिइएका, घुँडा बाङ्गिएका, चोटपटक लागेका, घुँडा बिग्रिएका बिरामीलाई यस प्रविधिबाट उपचार गरिने बताए । गत शनिबार र आइतबार चार जना बिरामीको सफल प्रत्यारोपण गरिएको उनले जानकारी दिए।

शनिबारको प्रत्यारोपणमा भारतीय चिकित्सकको सहयोग लिए पनि दोस्रो पटक दुई जनाको प्रत्यारोपण अस्पतालकै चिकित्सकले गरिएको त्यस अवसरमा जानकारी दिइयो । डा मरहठ्ठाका अनुसार प्रत्यारोपण गर्दा प्लाष्टिक र मेटल सिमेन्टको सहायता लिइन्छ भने उक्त प्रविधिबाट हुने उपचारमा रु तीनदेखि साढे तीन लाख लाग्ने गरेको छ ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ९ : १० बजे

चिकित्सकहरूको आन्दोलन जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको