इरानको युरेनियम प्रशोधनमा वृद्धि, संयुक्त राष्ट्रसंघको चासो « Khabarhub

इरानको युरेनियम प्रशोधनमा वृद्धि, संयुक्त राष्ट्रसंघको चासो


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

कायरो – संयुक्त राष्ट्रसंघको परमाणु निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाका महानिर्देशक राफायल ग्रोसीले सोमबार इरानलाई आफ्नो आणविक कार्यक्रम सम्बन्धमा पारदर्शिता बढाउन आग्रह गरेका छन् । इरानले प्रतिबन्ध हटाउन खोजिरहेका बेला गरिएको यो आग्रह कूटनीतिक छलफलकै सन्दर्भमा आएको हो।

उनले इरानी विदेशमन्त्री तथा प्रमुख वार्ताकार अब्बास अराघचीसँग कायरोमा हुने भेटघाटअघि यस्तो भनाइ सार्वजनिक गरेका हुन् ।

एक दिनअघि बाहिरिएको एक प्रतिवेदनमा इरानले ६० प्रतिशतसम्म प्रशोधित युरेनियम उत्पादन तीव्र रुपमा बढाएको उल्लेख छ। यो मात्रा ९० प्रतिशतको नजिक छ, जुन आणविक हतियार बनाउन प्रयोग हुने स्तर मानिन्छ।

ग्रोसीले भने, ‘हामी कुनै पूर्वाग्रह वा स्वार्थबिना यथार्थ बयान गर्ने प्रयास गर्छौं। प्रतिवेदनले अवस्थालाई जस्ताको तस्तै देखाएको छ।’

इरानले भने उक्त निष्कर्षलाई राजनीतिक प्रेरणाले प्रेरित भएको भन्दै अस्वीकार गर्दै आएको छ। इरानी पक्षले प्रतिवेदन भ्रामक र अविश्वसनीय जानकारीमा आधारित भएको दाबी गरेको छ। ग्रोसीले भने, ‘हाम्रा केही निष्कर्षहरू केही पक्षका लागि असहज लाग्न सक्छन्, तर आलोचना भोग्न हामी अभ्यस्त छौँ।’

शनिबार भएको टेलिफोन संवादमा अराघचीले चेतावनी दिँदै भनेको थिए थियो कि यदि युरोपेली मुलुकहरूले उक्त प्रतिवेदनको आधारमा आणविक प्रतिबन्ध पुनः लगाउने प्रयास गरे भने इरानले जवाफस्वरूप कारबाही गर्नेछ।

यसैबीच, इरान र संयुक्त राज्य अमेरिकाबीच आणविक कार्यक्रमसम्बन्धी वार्ता चलिरहेको छ। सन् २०१८ मा अमेरिका एकपक्षीय रूपमा तेहरानसँग भएको सम्झौताबाट पछि हटेपछि अवस्था थप जटिल भएको हो।

इरानले सोमबार यस्तो नयाँ सम्झौता हुने हो भने प्रतिबन्ध हटाइने ग्यारेन्टी माग गरेको छ। सन् २०१५ मा भएको सम्झौताले इरानलाई आणविक हतियार निर्माण गर्न नदिने उद्देश्य राखेको थियो। पश्चिमी देशहरूले इरानमाथि यस्तो हतियार बनाउन खोजेको आरोप लगाउँदै आए पनि इरानले सधैँ त्यसलाई अस्वीकार गर्दै आएको छ।

इरानी विदेशमन्त्रीले शनिबार ओमानको मध्यस्थतामा भएका पाँच चरणका वार्तापछि अमेरिकाको प्रस्तावका केही अंश प्राप्त भएको जानकारी दिएका थिए । संयुक्त राष्ट्रसंघको आणविक ऊर्जा संस्थाको कार्यकारी परिषद्को बैठक आगामी (जुन ९) देखि भियनामा सुरु हुँदैछ, जसमा इरानको आणविक गतिविधिको विस्तृत समीक्षा गरिने छ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ९ : १६ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा