दीर्घरोगीलाई मासिक एक हजार जीविकोपार्जन भत्ता « Khabarhub

दीर्घरोगीलाई मासिक एक हजार जीविकोपार्जन भत्ता


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मी छत्रकोट गाउँपालिकाले दीर्घरोगी बिरामीहरुलाई मासिक रु एक हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस गराइरहेका, गम्भीर मुटुरोगी (ओपन हर्ट सर्जरी), क्यान्सर र मेरुडण्डको पक्षघातका बिरामीहरुका लागि जीविकोपार्जन भत्ता उपलब्ध गराउने निर्णय गरेका गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए ।

गाउँपालिकाको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार कार्यपालिका बैठकबाट मासिक जीविकोपार्जन भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । पालिकाले सूचना प्रकाशन गरी उक्त भत्ता प्राप्त गर्न बिरामीहरूले सक्कल निवेदनसहित मेडिकल रिपोर्ट, नागरिकताको प्रतिलिपि, चेकको प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस पेस गर्नुपर्ने जनाएको छ ।

सबै प्रक्रिया पूरा गरेपछि बिरामीको खातामा वार्षिक रुपमा भत्ता जम्मा हुने स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले बताउनुभयो । गाउँपालिकाभित्र उक्त प्रकृतिका हाल ७५ बिरामी रहेका छन् ।

छत्रकोट गाउँपालिकाले विपन्न बिरामीका लागि पनि रोगको प्रकृति हेरेर रु १० हजारदेखि २५ हजारसम्म आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ९ : ५९ बजे

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहति २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा