वैकल्पिक खेलाडीलाई मौका दिएको दक्षिण अफ्रिकाको जिम्बाबेविरुद्ध सानदार जित « Khabarhub

वैकल्पिक खेलाडीलाई मौका दिएको दक्षिण अफ्रिकाको जिम्बाबेविरुद्ध सानदार जित


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकाले जिम्बाबेसँगको टेस्ट खेलमा ३२८ रनको जित हात पारेको छ। ५३७ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाबेले मंगलबार चौथो दिन खाना समय लगत्तै सबै विकेट गुमाइसकेको हो। पहिलो पारीमा २५१ रन जोडेको जिम्बाबे दोस्रो पारीमा २०८ रनमा सीमित भयो।

दक्षिण अफ्रिकाले पहिलो पारीमा ९ विकेट गुमाएर ४१८ रन जोडेपछि पारी समाप्तिको घोषणा गरेको थियो भने दोस्रो पारीमा ३६९ रन जोडेको थियो। जिम्बाबेलाई ध्वस्त पार्नेक्रममा दक्षिण अफ्रिकाका कर्बिन बस्कले पाँच विकेट लिए। यसैगरी कोडी युसुफले तीन विकेट हात पारे। युसुफले पहिलो पारीमा पनि तीन विकेट लिएका थिए।

पहिलो पारीमा १५३ रन बनाएका लुआव डे प्रेटेरियस म्यान अफ द म्याच घोषित भए। आठौँ क्रममा ब्याटिङ गरेका उनले पहिलो पारीमा शतक प्रहार गरेका थिए।

दोस्रो पारीमा पनि उनले ४१ बलमा नै ३६ रन प्रहार गरे। यस टेस्टमा अर्का अलराउण्डर वियान मल्डरले सानदार प्रदर्शन गरे। जिम्बाबेको पहिलो पारीमा चार विकेट लिएका मल्डरले दक्षिण अफ्रिकाको दोस्रो पारीमा १४७ रन प्रहार गरे।

तेम्बा बभुमाको अनुपस्थितिमा खेलेका केशव महराजले ५१ रन बनाए। भर्खरै अस्ट्रेलियालाई हराएर विश्व च्याम्पियन बनेको दक्षिण अफ्रिकाले सो टोलीका धेरै जनालाई आराम दिएको थियो।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ६ : ५४ बजे

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका

काठमाडौंमा मौसम खराब, एयर इन्डिया बनारस डाइभर्ट

काठमाडौं– काठमाडौंमा प्रतिकूल मौसमका कारण भारतको नयाँ दिल्लीबाट आउँदै गरेको

काठमाडौंमा ‘महोत्सव तथा बिजनेस एक्स्पो’ सुरु (तस्बिरहरू) 

काठमाडौं– काठमाडौं उद्योग वाणिज्य संघको आयोजना अनुसार बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं

जतिसक्दो चाँडो ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै