अमरसिंह पुनले देउवालाई भने- संघीयताको पूर्ण कार्यान्वयनका लागि पहल गर्नु पर्‍यो  « Khabarhub

अमरसिंह पुनले देउवालाई भने- संघीयताको पूर्ण कार्यान्वयनका लागि पहल गर्नु पर्‍यो 


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले संघीयताको पूर्ण कार्यान्वयनका लागि पार्टीले संघको अधिकार प्रदेशमा हस्तान्तरणका लागि आवश्यक पहल लिनुपर्ने बताएका छन् । 

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको तेस्रो दिन बुधबार आमन्त्रित सदस्यको हैसियतमा धारणा राख्ने क्रममा उनले संघमा रहेका अधिकार प्रदेशमा हस्तान्तरण गरेर संघीयताको पूर्ण कार्यान्वयनमा पार्टीले पहल गर्नुपर्ने बताएका हुन् ।  

‘पार्टीको तर्फबाट संघीयतालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने सम्बन्धमा संघको अधिकार प्रदेशमा हस्तान्तरण गर्न आवश्यक पहल कदमी लिन आवश्यक छ,’ लुम्बिनी प्रदेश कार्यसमिति सभापति पुनले भने । 

उनले जनप्रतिनिधिहरूलाई पार्टीप्रति थप उत्तरदायी र जवाफदेही बनाउन तहगत पार्टी संरचनालाई तहगत सरकारको निर्माण, निर्देशन र मूल्यांकन गर्ने अधिकार दिनुपर्ने पनि बताए । 

‘राजनीतिक नियुक्ति पनि सम्बन्धित पार्टी समितिको निर्णयबाटै हुने वैधानिक व्यवस्था कायम गरिनु पर्छ,’ प्रदेश सभापति पुनले बैठकमा भने, ‘मनोमानी तरिकाले मनोनयन तथा नियुक्तिले पार्टी संगठनमा लामो समयदेखि सक्रियता र योगदान दिइरहेका साथीहरूमा चरम निराशा र वितृष्णा आएको छ ।’ 

उनले पार्टीमा योगदान दिँदै आएका कार्यकर्ताहरूमा बढेको वितृष्णा कम गर्न पार्टीको केन्द्रीय तथा प्रदेश विभागमा मनोनित गर्दा जिल्लाको सिफारिसका आधारमा नियुक्त गर्ने थिति बसाउन पनि आग्रह गरे ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ३ : २१ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन