सभामुखको भूमिकामा प्रश्न उठाउँदै कृष्णगोपालले रामहरिलाई भने- तपाईंसँग नैतिकता छैन, यो कुर्सी छोड्नुस् « Khabarhub

‘कुलिङ पिरियड’ विवाद

सभामुखको भूमिकामा प्रश्न उठाउँदै कृष्णगोपालले रामहरिलाई भने- तपाईंसँग नैतिकता छैन, यो कुर्सी छोड्नुस्


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मत निर्णयसहित निजामती विधेयकमा राखेर पठाएको ‘कुलिङ पिरियड’मा भएको बदमासीबारे सभामुख देवराज घिमिरेको भूमिकामा पनि प्रश्न उठेको छ ।

संसदीय समितिले सर्वसम्मतिले गरेको निर्णयलाई तोडमोड गरि संसद्मा पठाएको विषयमा नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले सभामुखको भूमिकाबारे पनि प्रश्न उठाएका हुन् ।

‘कुलिङ पिरियड’ नराख्ने गरी निजामती कर्मचारीसम्बन्धी विधेयकमा गरिएको तोडमोडलाई लिएर श्रेष्ठले सभामुखमाथि पनि प्रश्न गरेका हुन् । संघीय निजामती विधेयक हतार-हतार राष्ट्रिय सभामा पठाएको भन्दै एमालेका सांसद श्रेष्ठले सभामुखलाई घेरेका हुन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा एमाले सांसद विधेयकमा भएको व्यवस्था तोडमोड गर्न भएको चलखेलबारे छानबिनको माग उठिरहेका बेला त्यसलाई बेवास्ता गरी सभामुखले राष्ट्रिय सभामा पठाएको भन्दै आपत्ति जनाएका हुन् ।

‘हाम्रो सभामुख पनि कति छिटो? संसद्‌को तपाईं नायक हो भन्दाभन्दै विधेयक फुत्त राष्ट्रिय सभा पठाइसक्नु भएछ,’ उनले भने, ‘त्यहाँभन्दा माथि अब राष्ट्रपति हुनुहुन्छ छिटोछिटो गर्न भन्नु होला।’

श्रेष्ठले विधेयकमा गरिएको तोडमोडलाई संसदीय सर्वोच्चतामाथिकै प्रहारका रुपमा व्याख्या गरे । उनले यसबारेमा सत्तारुढ र विपक्षी दलका सांसदले छानबिनको माग गरिरहेका बेला सभामुख घिमिरेले बेवास्ता गरिरहेका आरोप लगाए ।

सभामुखले प्रतिनिधिसभाबाट हतार हतार उक्त विधेयक राष्ट्रिय सभामा पठाएको उनले बताए । विधेयक बुधबार राष्ट्रिय समाभा टेबल भइसकेको छ।

एमाले सांसद श्रेष्ठले संसदीय समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेका छन् । उनले समितिमा सचिवलाई अबदेखि नमान्ने पनि घोषणा गरे ।

‘यो गल्ती होइन, यो त सुविचारित रुपमा, जानी जानी गरेको जघन्य अपराध हो । यो जानी जानी गरेको गम्भीर अपराध हो’, उनले भने, ‘सवाल कुलिङ पिरियड हट्यो वा रह्यो भन्ने होइन । सवाल संसदीय समितिको नैतिकता गयो भन्ने हो । संसदीय समितिको नायक सभापति हो । सभापतिलाई कर्मचारी र सचिवले सघाउने हो । तर समितिका सभापतिले आफ्नो इज्जत र प्रतिष्ठा गुमाइसके ।’

उनले विधेकमा भएको तोडमोडमा समिति सभापति खतिवडा र सचिव सुरजकुमार दुराले अक्षम्य अपराध गरेको बताए । ‘विधेयकमा सभापति र सचिवले त्रुटि होइन अपराध गर्नुभएको छ। सचिवलाई भोलिदेखि हामी मान्दैनौँ’, उनले भने, ‘तपाईं भोलिदेखि यहाँ नआउनुस्। रामहरि खतिवडा म तपाईंको राजीनामा त माग्दिनँ तर तपाईंलाई यो कुर्सीमा बस्ने अधिकार छैन।’

उनले अब आफू पनि खतिवडा र सचिव रहुञ्जेल यो समितिमा नबस्ने बताए । श्रेष्ठले आफूलाई यो समितिबाट अन्तै पठाइदिन भन्दै भोलिदेखि यसमा आएर बैठकमा नबस्ने बताएका छन् ।

‘यो जे भयो नि कुलिङ पिरियड भन्न चाहन्न । जानी जानी गरेको त्रुटीलाई अपराध भनिन्छ । नबुझेर नजानेर गरेकोलाई गल्ती भनिन्छ । गर्नेले जानी जानी गरेको छ’, उनले भने, ‘यो समितिबाट अन्य समितिले पनि सिक्नुपर्छ । यो घटनाबाट म पनि छक्कै परेँ । परिस्थिति जटिल भयो । यो विषयबारे सबै समितिको ध्यान जाओस् । दुई वर्षको कुलिङ पिरियड लागु भयो भनेको त बाहेक थपेर त्यसको आशयको हत्या गरिएछ ।’

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ३ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै