कोरियन भाषा प्रशिक्षण केन्द्र राष्ट्रिय संघ गठन « Khabarhub

कोरियन भाषा प्रशिक्षण केन्द्र राष्ट्रिय संघ गठन

ईपीएस प्रणालीमा समन्वयकारी भूमिका निर्वाह गर्ने


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालभरका कोरियन भाषा प्रशिक्षण केन्द्रहरूलाई एकीकृत गर्दै ‘कोरियन भाषा प्रशिक्षण केन्द्र राष्ट्रिय संघ नेपाल’ गठन गरिएको छ।

ईपीएस प्रणालीमा देखिएका विभिन्न व्यावहारिक समस्याहरू समाधान गर्न र सम्बन्धित निकायसँग समन्वय गरी विद्यार्थी तथा केन्द्रहरूबीच पुलको भूमिका निर्वाह गर्ने उद्देश्यसहित यो संघ गठन गरिएको हो।

गैरनाफामूलक सामाजिक संस्था स्वरूपको उक्त संघ जेठ २६ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भई संचालनमा आएको हो।

संघले ईपीएस प्रणाली अन्तर्गत कोरियन भाषा अध्ययन गरिरहेका विद्यार्थी र तिनका प्रशिक्षण केन्द्रहरूको हितमा सामाजिक सेवा भावले काम गर्ने प्रतिबद्धता जनाएको छ।

संस्थाले आगामी दिनमा सम्बन्धित सरकारी तथा निजी निकाय, समुदाय, सरोकारवालाहरू र शुभेच्छुकहरूसँग सहकार्य गर्दै अघि बढ्ने बताएको छ।

संस्थाको नेतृत्व

अध्यक्ष : सपराज राई

उपाध्यक्षहरू : ओमप्रसाद बुर्लाकोटी, रामचन्द्र थापा, नारायण थापा

सचिव : योगेन्द्र वाग्ले

सहसचिवहरू : जयराम आचार्य, उदयराम जैशी

कोषाध्यक्ष : रोशन आचार्य

संघले निकट भविष्यमा कोरियन भाषा सम्बन्धी तालिमको गुणस्तर अभिवृद्धि, विद्यार्थीहरूका समस्या समाधान तथा नीति निर्माण तहमा आवश्यक परामर्श र सुझाव दिन सक्रिय भूमिका खेल्ने जनाएको छ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ४ : १८ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी