बुटवल-नारायणगढको दाउन्ने खण्ड शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड « Khabarhub

बुटवल-नारायणगढको दाउन्ने खण्ड शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढको १४ किलोमिटर दाउन्ने खण्डमा तत्काल सडक विस्तार गरी आवागमन सहज बनाउनुपर्नेमा जोड दिएका छन् । पूर्वाधार विकास समितिको आजको बैठकमा सांसदहरूले नवलपासिस्थित दाउन्ने सडक विस्तार गरिरहँदा पहिरो, बाढी र जामका कारण यात्रुलाई सास्ती भएको भन्दै विस्तारकार्य यथाशीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिएका हुन् । 

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति ठाकुर गैरेले दाउन्ने खण्डमा सडक विस्तार ढिलाइ भएकाले यात्रु बुटवल–पाल्पा–स्याङ्जा–पोखरा–तनहुँ–मुग्लिङ–काठमाडौँको लामो यात्रा गर्नुपरेको उल्लेख गर्दै बाटो विस्तारलाई शीघ्र सम्पन्न गर्न आग्रह गरे । दाउन्ने क्षेत्रमा निर्माण कम्पनीले यात्रुलाई भन्दा पनि आफूलाई सजिलो हुनेगरी काम गर्दा सास्ती भोग्नु परेको उनको भनाइ छ । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले देशका विभिन्न स्थानमा पुल निर्माण हुन नसक्दा वर्षाको समयमा जनतालाई सास्ती भएको जनाउँदै निर्माणाधीन अवस्थामा रहेका पुललाई शीघ्र सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता एवं पूर्वमन्त्री प्रकाश ज्वालाले वर्षाद्को समयमा मुलुकका विभिन्न स्थानमा हुनसक्ने बाढी, पहिरो र डुवानका घटनालाई कम गर्न सरकारले पूर्वतयारी गर्नुपर्नेमा जोड दिए ।

‘काठमाडौँको कालिमाटीस्थित नयाँ पुल प्रयोगमा आउन सकेको छैन, पुरानो पुल जीर्ण अवस्थामा छ, समितिले पटकपटक निर्देशन दिए पनि नयाँ पुलका बारेमा सर्वोच्चले प्रक्रिया टुङ्याइसकेको सन्दर्भमा प्रयोगमा किन आउन सकेको छैन?’, उनले प्रश्न गरे । 

सांसद मैना कार्कीले मध्यपहाडी राजमार्गको जाजरकोट खण्ड समयमा निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिइन् ।
 

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ४ : ३३ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर