वैतेश्वरका भूमिहीन सुकुम्वासीलाई निस्सा वितरण  « Khabarhub

वैतेश्वरका भूमिहीन सुकुम्वासीलाई निस्सा वितरण 


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्ला भूमि समस्या आयोग दोलखाले बुधबार वैतेश्वर गाउँपालिका भित्रका जग्गाविहीन सुकुम्वासी तथा दलितहरूको तथ्यांक संकलन गरेर निस्सा वितरण गरेको छ। 

सुकुम्वासीका हकहितको लागि गठन भएको जिल्ला भूमि समस्या समाधान आयोगले बैतेश्वर गाउँपालिका भित्र बसोबास गर्दै आएका १३ जना भूमिहीन सुकुम्वासीलाई गाउँपालिका अध्यक्ष छवि लामा र भूमि आयोग दोलखाका अध्यक्ष राकेश श्रेष्ठको रोहवरमा निस्सा वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्पना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत महेश पौडेल, नापी कार्यालय दोलखाका प्रमुख सृजना कटुवाल, वरिष्ठ शाखा अधिकृत रवीन्द्र चौलागाईं, वडा अध्यक्षहरू भीमबहादुर तामाङ, कमल अधिकारी, असोक तामाङ, सान्त बहादुर जिरेल, विभिन्न वडाका वडा सचिव तथा भूमिहीन सुकुम्वासीहरूको उपस्थिति रहेको वैतेश्वर गाउँपालिका नापी शाखा प्रमुख राजेश गिरीले जानकारी दिए । 

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अध्यक्ष लामाले गाउँपालिका भित्रका भूमिहीन सुकुम्वासीलाई तत्काल कानुनी प्रक्रिया पुरा गरेर जग्गा उपलब्ध गराउन आयोगलाई अनुरोध गरे ।

यता भूमि समस्या समाधान आयोग दोलखाका अध्यक्ष राकेश श्रेष्ठले तत्काल वैतेश्वर भित्रका १३ जना सुकुम्वासीलाई नेपाल सरकारले तोकिए बमोजिमका जग्गाहरूको यकिन गरी जग्गाको लालपुर्जा वितरण हुने बताए । -सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ६ : २९ बजे

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको