सकियो रणवीरको फिल्म रामायणको छायाङ्कन, छुट्ने बेला कलाकारहरू भावुक | Khabarhub Khabarhub

सकियो रणवीरको फिल्म रामायणको छायाङ्कन, छुट्ने बेला कलाकारहरू भावुक


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड नायक रणवीर कपुर स्टारर फिल्म ‘रामायण : पार्ट १’को छायाङ्कन पूरा भएको छ ।

यस फिल्ममा रणवीरले भगवान ‘राम’को भूमिकामा छन् । यस फिल्मलाई उनले ‘महत्त्वपूर्ण प्रोजेक्ट’ बताएका छन् ।

जसका कारण पनि रणवीरका फ्यानहरूले यस फिल्मलाई चासोका साथ प्रतीक्षा गरेको पाइन्छ ।

यो फिल्मको मंगलबार छायाङ्कन पूरा भएको हो । छायाङ्कन सकिएपछि रणवीरसहितका कलाकार फिल्मका तर्फबाट आयोजित बिदाइ कार्यक्रममा सहभागी भएका थिए । त्यहाँ सबै कलाकार र छायाङ्कन टोलीहरू भावुक बन्न पुगे ।

अर्थात्, छायाङ्कनबाट छुट्नुलाई कलाकारहरूले बिछोडकै रूपमा लिएको पाइएको छ । रणवीरले पनि कारुणिक आवाजमा सानो मन्तव्य दिएका थिए । उनले सहकर्मीहरूको कामको खुलेर प्रशंसा पनि गरे ।

फिल्ममा लक्ष्मणको भूमिका निर्वाह गरेका अर्का नायक रवि दुवेले आशु खसाएको देख्न सकिन्छ । छुटिने बेला रणवीर र रविले गरेको अंकलमालले त्यहाँ उपस्थितको ध्यान तानेको थियो ।

उक्त कार्यक्रमको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

यस फिल्ममा नायिका साई पल्लवीले सीताको, नायक यशले रावणको भूमिकामा, सन्नी देओलले हनुमानको भूमिकामा निर्वाह गरेको बताइएको छ ।

‘रामायण: पार्ट १’ को प्रदर्शन मिति सन् २०२६ मा प्रदर्शनमा आउने बताइएको छ । यसको पार्ट २ पनि निर्माण घोषणा भएको छ । जसको पदर्शनमा मिति सन् २०२७ को दीपावलीलाई तोकिएको छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ६ : ५८ बजे

‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं– नेपालीहरूको दोस्रो ठूलो वर्प तिहार सुरु भएसँगै काठमाडौं महानगरपालिका

पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात

काठमाडौं– नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको ६ वर्ष

चितवनको गाईघाट दुर्घटनामा २१ जना घाइते

चितवन– भरतपुर महानगरपालिका– २९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१

जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट

पर्वत– गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै

बर्दिया र कैलालीको सान चिसापानी पुल (तस्बिरहरू)

कर्णाली– एउटा मात्रै पिल्लरबाट बनेको केबुल तारयुक्त पाँच सय मिटर