देशको आवश्यकताअनुसार ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक « Khabarhub

देशको आवश्यकताअनुसार ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

बैतडी – गृहमन्त्री रमेश लेखकले देशको आवश्यकताअनुसार दुई ठूला दल मिलेको स्पष्ट पारेका छन्। बैतडी आइपुगेका लेखकले आज आयोजित अन्तक्र्रियामा देशको आवश्यकताअनुसार नै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर गठबन्धनको सरकार बनेको बताएका हुन् ।

उनले भने, “दुई ठूला दल मिलेर गठबन्धन बनेको छ । जसका लागि सातबुँदे सहमति गरेका छौँ । गठबन्धन बनाइसकेपछि इमानदारीपूर्वक बस्नुपर्छ ।” केही कठिनाइ जटिलता भए पनि त्यसको समाधानमा सरकार लागिपरेको मन्त्री लेखकले बताए ।

गठबन्धन सरकारप्रति जनताको थुप्रै आशा र चाहना भए पनि सबैकुरा पूरा हुन नसकेका बताउँदै उनले ती आशा र चाहना पूरा गर्न सरकार लागिपरेको बताए । गृहमन्त्री लेखकले भने, “सरकारले आमनागरिकका सबै चाहना पूरा गर्न सकेको छैन । केही निराशा र चिन्ता पनि छ । हामीले असल र राम्रा काम गर्नुपर्छ ।”

कैलालीको गेटामा नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय यो सरकारले बनाउने निर्णय सुदूरपश्चिमका लागि राम्रो पक्ष रहेको मन्त्री लेखकले बताए।

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा पुल बन्न आवश्यक रहेको र यसका लागि सरकारले लाग्नुपर्नेमा उनको जोड थियो । यो संविधान लामो सङ्घर्षबाट आएकाले कसैले यो संविधान र व्यवस्थाविरूद्ध हिँड्नु दिवा सपना हुने उनले बताए। गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोप राजनीतिक षड्यन्त्र रहेको स्पष्ट पार्दै यस्तो गलत प्रचारको पछि नलाग्न आग्रह गरे।

यस्तै, कार्यक्रममा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बैतडीको समग्र विकासका लागि ध्यानाकर्षण गराए ।

सभापति चन्दले बैतडी क्रिकेटको उर्वरभूमि रहे पनि उपयुक्त खेलमैदान नहुँदा भएको समस्या, झुलाघाट नाकाका पुल बन्नुपर्ने, पाटन विमानस्थल सञ्चालन सञ्चालन हुनुपर्ने, महाकाली करिडोरमा बजेट कम परेकोलगायत विषयमा ध्यानाकर्षण गराए ।

यसका साथै गृहमन्त्री लेखकलाई पाटन नगरपालिकाको समग्र विकासका लागि नगरप्रमुख गौरीसिंह रावलले ज्ञापनपत्रसमेत बुझाए । दुई ठूला दल मिलेर बनेको गठबन्धन सरकारप्रति नागरिकको असन्तुष्टि बढेकाले यसको समाधान गर्न अन्तरक्रियामा सहभागी नेता कार्यकर्ताले आग्रह गरेका छन् । गृहमन्त्री भएपश्चात् लेखक पहिलोपटक जन्मघर बैतडी पुगेका हुन् ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ८ : २७ बजे

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग (तस्बिरहरू)

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको