वैदेशिक सहयोगको विरोध गर्नु गलत मनोविज्ञान हो : पूर्वअर्थमन्त्री आचार्य « Khabarhub

वैदेशिक सहयोगको विरोध गर्नु गलत मनोविज्ञान हो : पूर्वअर्थमन्त्री आचार्य


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले वैदेशिक सहयोगबिना देशको तीव्र विकास सम्भव नहुने दाबी गरेका छन् । उनले भने, “आन्तरिक स्रोतले मात्रै तीव्र विकासका लागि आवश्यकपर्ने रकम नपुग्ने भएकाले वैदेशिक सहयोग तथा अनुदान लिएर विकास गर्नुपर्ने आवश्यकता छ ।”

‘लोकतन्त्रका लागि एकबद्धता नेपाल’द्वारा काठमाडौँमा आयोजित कार्यक्रममा नेता आचार्यले विगतमा वैदेशिक सहयोग तथा अनुदानको विरोधकै कारण देश पछाडि परेको दाबी गरे ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा आयोजित सो कार्यक्रममा उनले कोइरालाको नेतृत्वमा नेपालको अर्थतन्त्रले नयाँ दिशा पाएको उल्लेख गरे ।

उनले भने, “गिरिजाबाबुको पालामा हामीले निजी क्षेत्रलाई थप जिम्मेवारी दियौँ र सरकारले अत्यावश्यक सेवा तथा नियमनको भूमिकामा केन्द्रित भयो । अहिले सबै दलहरूले यही नीति अनुशरण गरिरहेका छन् ।”

पूर्वप्रधानमन्त्री कोइरालाको सङ्गठन निर्माणमा रहेको लगाव र जनतासँगको अटुट सम्बन्ध अझै पनि अनुकरणीय भएको स्मरण गर्दै आचार्यले भने, “नेतामा सङ्गठनात्मक क्षमता चाहिन्छ, सिद्धान्त चाहिन्छ गिरिजाबाबुसँग दुवै थियो ।”

उनले कांग्रेस केबल चुनाव जित्ने होइन, मुलुकको आर्थिक रूपान्तरण गर्ने पार्टी हो भन्ने धारणा प्रस्तुत गर्दै निजी क्षेत्रको लगानीलाई फराकिलो बनाउने र अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउने कोइरालाको नेतृत्वको सम्झना गर्नुपर्नेमा जोड दिए ।

पार्टी सरकारमा रहेकाबेला जनताको मन जित्ने गरी राम्रो काम गर्नुपर्नेमा उहाँले जोड दिँदै पार्टीकै एउटा समूह भने विरोधमै केन्द्रित रहेकोप्रति असन्तुष्टि व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विष्णु निष्ठुरीले कांग्रेसभित्रको वैचारिक विचलनप्रति टिप्पणी गर्दै भने, “कांग्रेस ज्ञानभन्दा धनमा केन्द्रित हुँदै गएको छ ।” उनले धनमा केन्द्रित हुँदा पार्टीभित्र विचार, ज्ञान र सिद्धान्त ओझेलमा परिरहेकोप्रति चिन्ता व्यक्त गरे ।

कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले कांग्रेसभित्र वैचारिक बहस कम भएकाले आफूहरूले वैचारिक अभियान सुरु गरेको जानकारी दिए ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ९ : ३६ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक