सङ्खुवासभामा किराँत लोहोरुङ्ग राई सङ्ग्रहालय भवन हस्तान्तरण « Khabarhub

सङ्खुवासभामा किराँत लोहोरुङ्ग राई सङ्ग्रहालय भवन हस्तान्तरण


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ पाङ्मा किराँत लोहोरुङ्ग (राई)याख्खा सङ्ग्रहालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । खाँदबारी–४ पाङ्मा सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाको रु एक करोड ८२ लाख १३ हजारको लागतमा निर्मित किराँत लोहोरुङ्ग (राई)याख्खा सङ्ग्रहालय खाँदबारी नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

किराँत राई जातिको मौलिक पहिचान तथा अस्तित्व बोक्ने ऐतिहासिक, धार्मिक, सांस्कृतिक सामग्री र वेषभूषा संरक्षणार्थ नवनिर्मित किराँत लोहोरुङ्ग याख्खा सङ्ग्रहालय भवन एक कार्यक्रमबीच हस्तान्तरण गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाका प्रमुख सुमन मिश्रले जानकारी दिए ।

भवन हस्तान्तरण कार्यक्रममा खाँदबारी नगरपालिका नगरप्रमुख महेश थपलियाले किराँत राई जातिको मौलिक गरगहना, कला, साहित्य, सीपजस्ता बहुमूल्य सम्पदालाई सङ्कलन र संरक्षण गर्ने सहयोग पुग्ने बताए । सङ्ग्रहालयको विकास गरी किराँत अध्ययन केन्द्रका रुपमा स्थापित गर्ने र पर्यटनमा टेवा पुर्‍याउने गरी दीर्घकालीन योजनाका लागि नगरपालिकाले आवश्यक सहयोग गर्न नगरप्रमुख थपलियाले बताए ।

किराँत लोहोरुङ्ग ९राई० याख्खा सङ्ग्रहालयमा मुख्य रुपमा यहाँ किराँत समुदायको संस्कार, संस्कृति रीतिरिवाज, रहनसहन, वेषभूषा सङ्ग्रहित खाँदबारी नगरपालिका–४ पूर्ववडाध्यक्ष तथा स्थानीय सजित राईले बताए । भवनमा राखिने सामग्रीले किराँत संस्कृतिको झल्को दिनेछ । उक्त भवन श्री जिम्बास्टार सैलुङ जेभी निर्माण कम्पनीले २०८० चैत ६ मा निर्माणको जिम्मा लिएको थियो ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १० : ०७ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी