सङ्खुवासभामा किराँत लोहोरुङ्ग राई सङ्ग्रहालय भवन हस्तान्तरण « Khabarhub

सङ्खुवासभामा किराँत लोहोरुङ्ग राई सङ्ग्रहालय भवन हस्तान्तरण


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ पाङ्मा किराँत लोहोरुङ्ग (राई)याख्खा सङ्ग्रहालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । खाँदबारी–४ पाङ्मा सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाको रु एक करोड ८२ लाख १३ हजारको लागतमा निर्मित किराँत लोहोरुङ्ग (राई)याख्खा सङ्ग्रहालय खाँदबारी नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

किराँत राई जातिको मौलिक पहिचान तथा अस्तित्व बोक्ने ऐतिहासिक, धार्मिक, सांस्कृतिक सामग्री र वेषभूषा संरक्षणार्थ नवनिर्मित किराँत लोहोरुङ्ग याख्खा सङ्ग्रहालय भवन एक कार्यक्रमबीच हस्तान्तरण गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाका प्रमुख सुमन मिश्रले जानकारी दिए ।

भवन हस्तान्तरण कार्यक्रममा खाँदबारी नगरपालिका नगरप्रमुख महेश थपलियाले किराँत राई जातिको मौलिक गरगहना, कला, साहित्य, सीपजस्ता बहुमूल्य सम्पदालाई सङ्कलन र संरक्षण गर्ने सहयोग पुग्ने बताए । सङ्ग्रहालयको विकास गरी किराँत अध्ययन केन्द्रका रुपमा स्थापित गर्ने र पर्यटनमा टेवा पुर्‍याउने गरी दीर्घकालीन योजनाका लागि नगरपालिकाले आवश्यक सहयोग गर्न नगरप्रमुख थपलियाले बताए ।

किराँत लोहोरुङ्ग ९राई० याख्खा सङ्ग्रहालयमा मुख्य रुपमा यहाँ किराँत समुदायको संस्कार, संस्कृति रीतिरिवाज, रहनसहन, वेषभूषा सङ्ग्रहित खाँदबारी नगरपालिका–४ पूर्ववडाध्यक्ष तथा स्थानीय सजित राईले बताए । भवनमा राखिने सामग्रीले किराँत संस्कृतिको झल्को दिनेछ । उक्त भवन श्री जिम्बास्टार सैलुङ जेभी निर्माण कम्पनीले २०८० चैत ६ मा निर्माणको जिम्मा लिएको थियो ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १० : ०७ बजे

विश्व यात्रा गरेको ‘अलोका’ भिक्षुहरूसँगै नेपाल आइपुग्यो, शान्ति यात्राको प्रतीक बन्दै

काठमाडौं- कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक कुकुर अहिले

सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र विकासमा ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तीव्र

अमेरिका–इरान शान्ति पहलबीच इजरायलको अडान, कब्जामा रहेका क्षेत्र नछोड्ने घोषणा

इजरायल– इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबनान, सिरिया र गाजा पट्टीमा

मलमासको अन्तिम सोमबारे औँसी : देवघाटधाममा स्नान तथा पूजा गर्न श्रद्धालुको घुइँचो

चितवन– नवलपुर र तनहुँ जिल्लाको संगमस्थल तथा प्रसिद्ध धार्मिक तीर्थस्थल

विपद्मा नागरिकको सुरक्षा र जीवनको रक्षा नै पहिलो प्राथमिकता : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपद्मा नागरिकको सुरक्षा