पहिरोले मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध | Khabarhub Khabarhub

पहिरोले मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड अवरुद्ध भएको छ । सडकमा पहिरो र लेदो थुप्रिएपछि शनिबार बिहानदेखि लोकमार्ग अवरुद्ध भएको हो ।

गोलञ्जोर गाउँपालिका–६ अकरेभीरमा लेदोका कारण लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

उनका अनुसार लोकमार्गको सडकखण्डमा राति परेको अविरल वर्षाको कारण ओखलढुङ्गाबाट काठमाडौंतर्फ जाँदै गरेको ११ वटा भैँसी लोड गरिएको ना७ख ७८९० नम्बरको ६ चक्के ट्रक हिलो माटो लेदोमा फसेको र ट्रक निकाल्ने पहल भइरहेको छ । लोकमार्गका विभिन्न स्थानमा तीन वटा ट्रक ‘होल्ड’ गरिएको छ ।

गोलञ्जोर गाउँपालिका–६ कै बलेनीस्थित मध्यपहाडी लोकमार्गमा सडक माथिबाट पहिरो खसेर बाटो अवरोध भएको छ । सडक अवरुद्ध भएका कारण खुर्कोट घुर्मी सडकखण्डमा गुड्ने सवारीसाधन खुर्कोटमा नै रोकिएका छन् ।

ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुरलगायतका पूर्वी जिल्लाबाट संघीय राजधानी काठमाडौं हिँडेका सवारीसाधनले केही समय कुर्नुपर्ने छ । सडकमा खसेको पहिरो र लोदो पन्छाउनका लागि पहल भइरहेको प्रहरीले बताएको छ । सिन्धुलीमा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ७ : ०६ बजे

टिपर पल्टिएर तमोरमा खस्दा एकजना बेपत्ता

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा आज दिउँसो टिपर पल्टिएर तमोर

इम्बोस्ड नम्बर प्लेटबारे महासंघले भन्यो- सरकारी निर्णयको विरोधमा उत्रिनू

काठमाडौं– नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले इम्बोस्ड नम्बर अनिवार्य गर्ने

विदेशमा तीज मनाउन कलाकारको दौडधूप

काठमाडौं – चाहे तीज होस् या दशैं, चाडबाड नजिकिएपछि कलाकारहरुको

मनाङ प्रदेशसभामा उपनिर्वाचनका लागि सर्वोच्चले खोलिदियो बाटो

काठमाडौँ- मनाङ प्रदेशसभा क्षेत्र नं. २ मा आगामी कात्तिक १७

वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय गर्ने

जनकपुर– वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय तथा