आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ७७ पैसा र बिक्रीदर १४० रुपियाँ ३७ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ५१ पैसा र बिक्रीदर १६० रुपियाँ २० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ ०२ पैसा र बिक्रीदर १८४ रुपियाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ २८ पैसा र बिक्रीदर १७२ रुपियाँ ०१ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ८८ पैसा र बिक्रीदर ९० रुपियाँ २६ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ७७ पैसा र बिक्रीदर १०१ रुपियाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ६७ पैसा र बिक्रीदर १०८ रुपियाँ १३ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३० पैसा र बिक्रीदर नौ रुपियाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ३८ पैसा र बिक्रीदर १९ रुपियाँ ४६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २६ पैसा र बिक्रीदर ३७ रुपियाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ३४ पैसा र बिक्रीदर ३८ रुपियाँ ५१ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २६ पैसा र बिक्रीदर चार रुपियाँ २७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ०५ पैसा र बिक्रीदर ३८ रुपियाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ६८ पैसा र बिक्रीदर ३२ रुपियाँ ८२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९६ पैसा र बिक्रीदर १० रुपियाँ , स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २४ पैसा र बिक्रीदर १४ रुपियाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ३७ पैसा र बिक्रीदर २१ रुपियाँ ४७ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८१ पैसा र बिक्रीदर १७ रुपियाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर ४५६ रुपियाँ ५३ पैसा र बिक्रीदर ४५८ रुपियाँ ४९ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ ७४ पैसा र बिक्रीदर ३७२ रुपियाँ ३३ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपियाँ ०२ पैसा र विक्रीदर ३६४ रुपियाँ ५८ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ५ : ५३ बजे

इरानमा १८१ बालबालिकासहित एक हजार बढी सर्वसाधारणको मृत्यु

इरान- अमेरिकास्थित मानव अधिकारवादी समाचार एजेन्सी (एचआरएएनए)ले इरानमा एक हजार

विश्वकप पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका

अछाममा आचारसंहिता उल्लंघनको आरोप: एमाले उम्मेदवारविरुद्ध उजुरी

अछाम – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट अछाम निर्वाचन

पर्सा-२ र सिरहा-३ का उम्मेदवार पक्राउ

काठमाडौं – प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी – म्याग्दीमा चालु आर्थिक वर्ष २०८२/८३ मा खानेपानी, सिँचाइ