रोहित र विराटपछि संकटको सामना गर्दै गिल नेतृत्वको भारत | Khabarhub Khabarhub

रोहित र विराटपछि संकटको सामना गर्दै गिल नेतृत्वको भारत


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

धेरै चोटका कारण स्टार बलर जसप्रित बुमराह विगतको झैँ उपस्थिति देखाउन असफल भएका छन्। रोहित शर्मा र विराट कोहलीपछि भारतीय टोलीको नेतृत्व गरेका शुभमा गिलको व्यक्तिगत प्रदर्शन राम्रो छ। तर उनको नेतृत्वमा भारतीय टोली सही बाटोमा अघि बढ्न सकेको छैन।

अहिले भारतीय टोलीले इङ्गल्यान्डसँगको शृङ्खलामा धेरै उतारचढावको सामना गरेको छ। शृङ्खला गुम्ने खतराले भारतीय समर्थक चिन्तित छन्। अहिलेको लयले भन्छ- भारतीय टोलीमा सुधारको आवश्यकता छ।

सन् २०२४ को मध्यमा अमेरिका र क्यारेबियन क्षेत्रमा भएको टी–२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकाको हातैबाट खोसेर भारतले उपाधि जितेको थियो। पछिल्ला वर्षमा एक दिवसीय क्रिकेटका शानदार प्रदर्शन गरिरहेको टेस्टमा समेत उत्कृष्ट थियो। सो समयमा दक्षिण अफ्रिका भने टेस्टमा अझ लयमा थिएन। सन् २०२४ को अन्त्यमा पुग्दा दक्षिण अफ्रिका टेस्ट च्याम्पियनसिपको वरीयताको शीर्ष दुई स्थानमा रहँदै फाइनल प्रवेशको नजिक पुगेको समयमा भारत भने खस्किएको थियो।

वर्षको अन्त्यमा बुमराहले बोर्डर गावस्कर ट्रफीको बीचमा नै आराम गर्नुपर्न अवस्था आएको थियो। सो समयमा रोहित शर्मा पनि अत्यन्त खराब लयमा थिए। धेरैले त उनले सोही समयमा संन्यास लिने अनुमान समेत गरेका थिए।

शर्मा फेरि लयमा फर्कँदै भारतलाई च्याम्पियन्स ट्रफीको उपाधि मात्र दिलाएनन्, आफू आइसिसी प्रतिगोगिताताको उत्कृष्ट ब्याटर भएको समेत पुष्टि गरे।

अहिले इङ्गल्यान्डमा पाँचौँ टेस्टमा पुग्दा भारत पछि परेपछि फेरि रोहितको सन्यासको प्रसङ्ग उठ्न थालेको छ। अहिले के पनि खुलेको छ भने भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले नै रोहितलाई सन्यासका लागि सुझाएको थियो।

टेस्ट विश्वकप फाइनल दुई वर्ष पछि हुन्छ। यस बीचमा एउटा लामो साइकल तयार गर्नपर्ने हुन्छ। त्यस समयसम्म रोहित फिट हुने र सही लयमा रहने सम्भावना पनि कम रहने आङ्कलन बिसिसिआईको हो। यसै कारण अहिले नै नयाँ खेलाडीलाई मौका दिन संन्यास उपयुक्त हुने ठहर बिसिसिआइको हो।

भारतले सन् २००७ देखि नै इङ्गल्यान्डमा टेस्ट शृङ्खला जितेको छैन। सन् २०२१ मा भारत एक पटक नजिक पुगे पनि सफल भएको थिएन। अप्रिल महिनामा ३८ वर्ष पुरा भएका रोहितले संन्यास अघि ६७ टेस्टमा चार हजार ३०१ रन प्रहार गरेका थिए। यसअघि नै न्युजिल्यान्डसँग घरेलु भूमिमा भएको शृङ्खला तथा अस्ट्रेलियामा भएको शृङ्खलामा उनले कठिन समयको सामना गरेका थिए। कोहलीले भने १२३ टेस्ट खेल्दै ३० शतक र ३१ अर्धशतकसहित नौ हजार २३० रन प्रहार गरेका थिए।

टोलीले राम्रो गरेको बिसिसिआइको ठहर
भारतीय क्रिकेट बोर्डले नै भने गिलको नेतृत्वमा रहेको टोलीले इङ्गल्यान्डमा राम्रो गरिरहेको ठहर गरेको छ। रोहित, कोहली र रवि चन्द्र आश्विनलाई एकै पटक गुमाएको भारतले लर्ड्समा भएको खेलमा सङ्घर्षपूर्ण पराजयको सामना गरेका थियो। लर्ड्समा भएको सो खेल भारतले २२ रनले हारेको थियो। सोही हारपछि भारत शृङ्खलामा पछि परेको थियो। म्यानचेस्टरमा भएको चौथो टेस्टमा भारतले मुस्किलले बराबरी गरेको थियो।

अहिलेको वरीयतामा भारत चौथो स्थानमा छ। विश्व विजेता दक्षिण अफ्रिका शीर्ष स्थानमा छ। अस्ट्रेलिया दोस्रो तथा इङ्गल्यान्ड तेस्रो स्थानमा छन्। विश्व च्याम्पियनले भर्खरै जिम्बाबेसँग खेलेको थियो।

यस शृङ्खलामा शानदार प्रदर्शन गरेका इङ्गल्यान्डका ब्याट्सम्यान जोए रुट शीर्ष स्थानमा छन् भने हेरी ब्रुक तेस्रो स्थानमा छन्। भारतका तीन ब्याट्सम्यान शीर्ष १० मा अटाएका छन्। ऋषभ पन्त सातौँ, यशस्वी जयसवाल आठौँ तथा गिल नवौँ स्थानमा छन्।

आइसिसीको वरीयता क्रममा अनुसार बुमराह शीर्ष स्थानमा छन्। बुमराहपछि रवीन्द्र जडेजा १४ औँ स्थानमा छन्। २७ औँ स्थानमा मोहम्मद सिराज छन्। यो वरीयताले पनि अहिले भारतीय टोलीको कमजोरी बलिङ रहेको प्रस्ट भएको छ। यसै शृङ्खलामा भारतलाई दोस्रो टेस्ट जिताउन शानदार बलिङ गरेका आकाश दिपले त्यसपछि सोही लय कायम राख्न सकेका छैनन्।

उमेरको समस्याको मारमा भारतीय टोली
अहिले भारतका सबै भन्दा प्रमुख खेलाडी बुमराह ३२ वर्षका भए। रवीन्द्र जडेजा ३६ वर्षका भए। आइसिसी वरीयतामा अटाएका मोहम्मद सिराज र कुलदीप यादव बराबर ३१ वर्षका भए।यो तथ्याङ्कले भन्छ भारतीय टोलीमा तत्काल सुधारको आवश्यकता छ।

अहिले भारतीय टोली क्रिकेटका अन्य दुई संरचनामा सानदार लयमा छ। एक दिवसीय वरीयतामा भारत पहिलो स्थानमा कायम नै छ। टी–२० मा पनि अझै केही समय शीर्ष स्थानमा रहने सम्भावना प्रबल छ। दुई दशक अघि अस्ट्रेलियाको दबदबा रहेको क्रिकेटमा अहिले भारतीय दबदबा सुरु भइसकेको छ।

सीमित ओभरको क्रिकेटमा पाएको सफलता, व्यवसायी लिगमा पाएको फड्को तथा विश्व क्रिकेटमा समेत बिसिसिआइको उपस्थितिले भारतीय दबदबा प्रस्ट पारेको छ। तर रोहित र कोहलीको युगपछि भारत सङ्क्रमण कालमा देखिएको छ। यसबीचमा कप्तान गिल आफैले केही शानदार प्रदर्शन गरेका छन्। तथापि उनी पनि स्थिर छैनन्। बलरहरू इङ्लिस ब्याटरका सामु फिक्का साबित भएका छन्। नयाँ साइकल भर्खरै सुरुवात भएको छ। सायद अबको खेलमा भारतको नयाँ संरचनाको टोली अझ बलियो हुनेछ।
स्रोतः क्रिकइन्फो, आइसिसी, क्रिकडटकम, हिन्दु

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ७ : २७ बजे

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

तनहुँ – तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

खडेरीपछिको वर्षाले किसानलाई राहत

धनुषा – लामो समयको पर्खाइपछि वर्षा हुँदा धनुषाका किसानलाई राहत