माओवादी स्थायी समिति बैठक बस्दै, कसरी प्रस्तुत होलान् उपमहासचिव शर्मा ? | Khabarhub Khabarhub

माओवादी स्थायी समिति बैठक बस्दै, कसरी प्रस्तुत होलान् उपमहासचिव शर्मा ?


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज (शनिबार) पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्नेछ ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रस्तुत गरेको प्रस्तावमाथि समितिका सदस्यहरूले आआफ्नो धारणा राख्नेछ ।

शुक्रबारको बैठकमा दाहालले वर्तमान परिस्थिति, पार्टीभित्रको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

अध्यक्ष प्रचण्डले राखेका एजेण्डामाथि धारणा राख्न नेताहरूलाई १०–१५ मिनेटको समय निर्धारण गरिएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

माओवादीमा पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरविरोध सार्वजनिक रुपमै छताछुल्ल भएको हो ।

पहिलो दिनको बैठकमा अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक विषयलाई सार्वजनिक रूपमै अभिव्यक्त गरेको भन्दै उपमहासचिव शर्माको कडा आलोचना गरेका छन् ।

शर्माले केही समयदेखि नेतृत्वको सवालमा पोखेका असन्तुष्टिप्रति लक्षित गर्दै प्रचण्डले आगामी दिनमा आन्तरिक विवाद बाहिर नलैजान निर्देशन समेत दिएका छन् ।

विशेष महाधिवेशन गरी पार्टीको पुनर्निर्माण, नेतृत्व हस्तान्तरण, आन्तरिक लोकतन्त्र कमजोर भएको विषय सार्वजनिक रूपमै उठाएका उपमहासचिव शर्मा स्थायी कमिटी बैठकमा कसरी प्रस्तुत होलान् भन्नेमा राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ७ : ४५ बजे

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको

सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्छ : गगन थापा

पाटन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र

टिपर पल्टिएर तमोरमा खस्दा एकजना बेपत्ता

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा आज दिउँसो टिपर पल्टिएर तमोर

इम्बोस्ड नम्बर प्लेटबारे महासंघले भन्यो- सरकारी निर्णयको विरोधमा उत्रिनू

काठमाडौं– नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले इम्बोस्ड नम्बर अनिवार्य गर्ने

विदेशमा तीज मनाउन कलाकारको दौडधूप

काठमाडौं – चाहे तीज होस् या दशैं, चाडबाड नजिकिएपछि कलाकारहरुको