माओवादी स्थायी समिति बैठक बस्दै, कसरी प्रस्तुत होलान् उपमहासचिव शर्मा ? « Khabarhub

माओवादी स्थायी समिति बैठक बस्दै, कसरी प्रस्तुत होलान् उपमहासचिव शर्मा ?


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज (शनिबार) पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्नेछ ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रस्तुत गरेको प्रस्तावमाथि समितिका सदस्यहरूले आआफ्नो धारणा राख्नेछ ।

शुक्रबारको बैठकमा दाहालले वर्तमान परिस्थिति, पार्टीभित्रको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

अध्यक्ष प्रचण्डले राखेका एजेण्डामाथि धारणा राख्न नेताहरूलाई १०–१५ मिनेटको समय निर्धारण गरिएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

माओवादीमा पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरविरोध सार्वजनिक रुपमै छताछुल्ल भएको हो ।

पहिलो दिनको बैठकमा अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक विषयलाई सार्वजनिक रूपमै अभिव्यक्त गरेको भन्दै उपमहासचिव शर्माको कडा आलोचना गरेका छन् ।

शर्माले केही समयदेखि नेतृत्वको सवालमा पोखेका असन्तुष्टिप्रति लक्षित गर्दै प्रचण्डले आगामी दिनमा आन्तरिक विवाद बाहिर नलैजान निर्देशन समेत दिएका छन् ।

विशेष महाधिवेशन गरी पार्टीको पुनर्निर्माण, नेतृत्व हस्तान्तरण, आन्तरिक लोकतन्त्र कमजोर भएको विषय सार्वजनिक रूपमै उठाएका उपमहासचिव शर्मा स्थायी कमिटी बैठकमा कसरी प्रस्तुत होलान् भन्नेमा राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ७ : ४५ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी