पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक « Khabarhub

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक गरेको छ ।

प्रतिष्ठानले २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्टलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

गत असार १५ गते पहिलो चरणमा उत्कृष्ट १५ पुस्तकको सूची सार्वजनिक गरिएको थियो ।

अहिले छनोट प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ पुस्तकबाट पाँच पुस्तकलाई पद्मश्री उत्कृष्ट पुस्तक (संक्षिप्त सूची) निर्णायक मण्डलको सिफारिस बमोजिम सार्वजनिक गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।

छनोट भएका कृतिहरुमा छुदेन काविमोको आख्यान ‘उरमाल’, रमेश भुसालको गैह्रआख्यान ‘छालबाटो’, भवानी खतिवडाको नियात्रा ‘प्रणाम सगरमाथा’, सरस्वती प्रतीक्षाको ‘स्व’ उपन्यास र तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ रहेको छ ।

यही सूचीबाट समितिले पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पुस्तक चयन गर्नेछ । उक्त पुरस्कारको राशी ३ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ११ : ४७ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच