बागमतीका मुख्यमन्त्री लामाले आइतबार सशर्त राजीनामा दिने « Khabarhub

बागमतीका मुख्यमन्त्री लामाले आइतबार सशर्त राजीनामा दिने


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिने भएका छन् । उनी सशर्त पदबाट राजीनामा दिन तयार भएका हुन् । 

सभापति शेरबहादुर देउवासँग शनिबार बूढानीलकण्ठमा सम्पन्न छलफलका क्रममा मुख्यमन्त्री लामा साउन १४ गते नियुक्त गरेका मन्त्रीहरूलाई निरन्तरता दिने शर्तमा राजीनामा दिन तयार भएका हुन् ।  

मुख्यमन्त्री लामाले प्रदेशसभा सदस्य गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त गरेका थिए । 

तर, सत्ता साझेदार नेकपा एमालेले नवनियुक्त मन्त्रीहरूको शपथ रोकेको थियो । बूढानीलकण्ठमा शनिबार भएको छलफलमा सहभागी प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले नयाँ गठन हुने सरकारमा लम्साल, श्रेष्ठ र गुरुङलाई शपथ खुवाउने शर्तमा मुख्यमन्त्री लामाले आइतबार राजीनामा दिने सहमति जुटेको जानकारी दिए । 

‘हामीले तीन जना मन्त्रीहरूलाई शपथ ग्रहणका लागि भनेका छौँ । सभापतिज्यूले हुन्छ भन्नुभयो,’ उनले खबरहबसँग भने, ‘इन्द्रजीले पनि हुन्छ भन्नुभयो । भोलि मुख्यमन्त्रीले राजीनामा दिनुहुन्छ ।’

प्रदेशसभा सदस्य चित्रकारले दल समूहमा बाँडिएको पार्टी संसदीय दललाई मिलाएर अघि बढ्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।

 ‘दल दुई भागमा विभाजित भएको छ । हामीले सरसल्लाह अनुसार काम गर्नुपर्छ भन्यौँ,’ उनले भने, ‘त्यो कुरा पनि मान्नुभएको छ ।’ 

मुख्यमन्त्री लामा साउन १४ गते पार्टीका प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँसँग दलको नेतामा पराजित भएका थिए । दलको नेताका लागि निर्वाचन हुनुअघि उनले आफूनिकट तीन जनालाई मन्त्री नियुक्त गरेका थिए । 

दलको नेतामा पराजित भएपछि मुख्यमन्त्री लामालाई राजीनामा दिन पार्टीभित्रैबाट दबाब परेको थियो । उनलाई सभापति देउवाले बिहीबार बेलुकी निवासमा बोलाएर मार्गप्रशस्त गर्न भनेका थिए । 

सभापति देउवाले शनिबार दलको नेतामा निर्वाचित प्रदेशसभा सदस्य बानियाँ, मुख्यमन्त्री लामालाई एकसाथ राखेर निकास निकालेका हुन् । बूढानीलकण्ठ छलफलमा लामाको पक्षमा रहेका १४ जना सांसदहरू पनि सहभागी थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  २ : २१ बजे

कोशी प्रदेशमा निर्वाचन सुरक्षाको तयारी पूरा

विराटनगर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा सुरक्षाको सबै

‘स्ट्रबेरी’खेतीले बढायो ‘एग्रो–टुरिजम’को आकर्षण

नारायणगढ– भरतपुर महानगरपालिका–५ समिचोकस्थित नेपाल एग्रोभाइन प्रालिको फर्ममा फलेको स्ट्रबेरीले

भक्तपुर–१ मा रुकेश रञ्जितको दाबी : जित हाम्रै हो, नेमकिपाको किल्ला तोड्छौँ

काठमाडौं– भक्तपुर क्षेत्र नंवर १ बाट रास्वपा उम्मेदवार रुकेश रञ्जितले

कजाकिस्तानमा ग्यास विस्फोट, सात जनाको मृत्यु

अस्ताना– उत्तरी कजाकिस्तानको रिसोर्ट शहर स्चुचिन्सक स्थित क्याफेमा भएको शक्तिशाली

बीबीसीको डकुमेन्ट्रीबारे पूर्वआईजीपी खापुङ : किनेकाहरूले नसकेपछि उनीहरू आफैँ हामफालेका हुन्

काठमाडौं- नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ गत कात्तिक