दक्षिण अफ्रिकामा एक हजार अवैध खानी मजदुर पक्राउ « Khabarhub

दक्षिण अफ्रिकामा एक हजार अवैध खानी मजदुर पक्राउ


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको उत्तर–पूर्वी क्षेत्रमा रहेको सुन खानीहरूमा काम गरिरहेका करिब एक हजार अवैध आप्रवासी मजदुरहरू पक्राउ परेका छन् । प्रहरीका अनुसार म्पुमालांगा प्रान्तको बार्बरटन गाउँ नजिकैको खानी क्षेत्रमा एक सातासम्म चलेको अपरेशनमा यी मजदुरहरू पक्राउ परेका हुन् ।

खानी क्षेत्र वर्षौंदेखि गोप्य रूपमा अवैध रूपमा सञ्चालन हुँदै आएको जनाइएको छ । प्रहरी प्रवक्ता डोनाल्ड म्ड्लुलीले भने,“अझै पनि केही अवैध खानी मजदुरहरू भित्र लुकेका छन् । सतहमा निस्कनासाथ नियन्त्रणमा लिइनेछ ।” खानी सञ्चालक कम्पनी बार्बरटन माइनसले विगतमा घाटाका कारण कर्मचारी हटाउँदा स्थानीय समुदायमा आक्रोश फैलिएको बताए ।

तर पछि भित्रै अवैध रूपमा खानी सञ्चालन हुँदै आएको थाहा भएपछि प्रहरी र सुरक्षा निकायले संयुक्त रूपमा कारबाही सुरु गरेका हुन् । कम्पनीले भनेको छ, “खानीभित्र अवैध रूपमा खाद्य र अन्य सामग्री पुर्‍याइँदै आएको थियो । यसलाई रोक्न यो अपरेशन आवश्यक थियो ।”

प्रहरीले अहिलेसम्म कुनै मानवीय क्षति नभएको जनाएको छ र गत वर्ष जोहान्सबर्ग नजिकैको स्टिलफोन्टेन क्षेत्रमा गरिएको यस्तै कारबाहीमा ९० जना अवैध खानी मजदुरको ज्यान गएको थियो । यसपटक पनि प्रहरीले खानीलाई चारैतिरबाट घेराबन्दी गर्दै भित्र आपूर्ति रोक्ने रणनीति अपनाएको थियो, जसले गर्दा भित्र रहेका मजदुरहरू बाहिर आउन बाध्य भएका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ३ : ३७ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज