औचित्य सावित गर्न नसके हाम्रो विद्रोह स्वतः गलत सावित हुनेछ : झलनाथ खनाल « Khabarhub

औचित्य सावित गर्न नसके हाम्रो विद्रोह स्वतः गलत सावित हुनेछ : झलनाथ खनाल


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले औचित्य सावित गर्न नसके नेकपा एमालेसँग गरेको विद्रोह स्वतः गलत सावित हुने बताएका छन् । 

अध्यक्ष माधवकुमार नेपालले ‘पार्टी छाडेर जान’ भनेपछि शनिबार पत्रकार सम्मेलन गरेर उनले एमालेसँग गरिएको विद्रोहलाई गलत भन्ने धारणा आफ्नो नभएको बताए ।

‘हामीले विद्रोह गरेको कुरो गलत हो भन्ने मेरो धारणा छैन,’ खनालले भने, ‘तर, हामीले औचित्य सावित गरेनौँ भने, गर्न सकेनौँ भने त्यो स्वतः गलत सिद्ध हुन पुग्छ ।’

उनले एमालेसँग विद्रोह गर्नुको औचित्य सावित हुने गरी वैचारिक, राजनीतिक र सैद्धान्तिक धरातलबाट बहस अगाडि बढाएर आन्दोलनलाई रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।  

‘हामीले औचित्य सावित हुने गरी वैचारिक, राजनीतिक सैद्धान्तिक धरातलबाट बहस छलफल अगाडि बढाऔँ र आन्दोलनलाई रूपान्तरण गरौँ भन्ने मेरो धारणा हो,’ सम्मानित नेता खनालले भने ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ४ : ४५ बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो