समाजवादी मोर्चाले बोलाउन छाडेपछि झलनाथले भने : हेर्न-सुन्न मात्रै त टेलिभिजनमै स्वादिलो हुन्छ « Khabarhub

समाजवादी मोर्चाले बोलाउन छाडेपछि झलनाथले भने : हेर्न-सुन्न मात्रै त टेलिभिजनमै स्वादिलो हुन्छ


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चाका कार्यक्रममा बोलाउन छाडेकाले आफू अनुपस्थित हुँदै आएको बताएका छन् ।

पछिल्लो समय अध्यक्ष माधव नेपालसँगको बढ्दो दूरी र पार्टीबाटै खुरुखुरु निस्केर जान खनाललाई उर्दी जारी भएपछि शनिबार एक अन्तर्वार्तामा नेता खनालले ‘समाजवादी मोर्चाले बोलाउन छाडेको बताए । उनले ‘नबोलाएको ठाउँमा के जानु र ?’ भन्ने प्रतिक्रिया दिएका छन् ।

सञ्चारकर्मीसँग उनले भने, ‘हेर्न सुन्न मात्रै भने त यहाँ टेलिभिजनमा तपाईंहरुले देखाइहाल्नु हुन्छ, मजाले त्यही हेर्‍यो, सुन्यो, सबै देखिन्छ फेरि, त्यहाँ बसेर हेर्दा त एउटा कोणमात्र देखिन्छ।’

उनले थपे, ‘मलाई स्वाद केमा आउँछ भन्दाखेरि तपाईंहरुले टेलिभिजनबाट देखाइरहेका चिजहरु जो कुनाकाप्चा सबै घुमाई घुमाई देखाउनुहुन्छ, कतिपय नेता उँघेको पनि देखाउनु हुन्छ । कतिपय नेताहरु खासखुस गरेको पनि देखाउनुहुन्छ, त्यो हेर्न पाइन्छ नि । त्यसकारण त्यो स्वादिलो छ ।’

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ५ : १३ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ