आज २०८२ साल भदौ १७ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल भदौ १७ गते मंगलबारको राशिफल


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ १७ गते मंगलबार । भाद्र शुक्ल पक्षको दशमी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २ तारिख । नक्षत्र अनुसार १२ वटा राशिहुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन धेरै राम्रो छ । शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ । लगानीबाट नाफा हुने योग छ । दाजुभाइसँग सहकार्य गरेर काम गर्नुपर्ने देखिन्छ । राजनीतिक क्षेत्रमा भने घेराबन्दीमा पर्ने जोखिम छ।

वृष : दिन सामान्य छ । लगानी डुब्ने जोखिम छ। तपाईंको बोलीले व्यवहारमा समस्या हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । व्यापारमा घाटा हुनेछ ।

मिथुन : दिन राम्रो छ । डुब्न लागेको धनप्राप्त हुनेछ । राजनीतिमा विपक्षीको साथ मिल्नेछ । नयाँ साथीसँगको भेटले मनमा उत्साह थपिने छ । स्वास्थमा सुधार हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

कर्कट : दिन राम्रो छ । शिक्षामा प्रगति हुनेछ। जग्गाको कारोबारमा नाफा हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ । विदेशको रमझमले मन आकर्षित हुनेछ । लगानीबाट नाफा आर्जनको समय छ ।

सिंह : दिन राम्रो छ । तपाईंका काम सफल बन्नेछ । व्यापारमा फाइदा हुनेछ । शिक्षामा लगानीका लागि हिम्मत गर्नुपर्ने छ । परिवारलाई विश्वास गर्दा धोका हुनेछ ।

कन्या : दिन सामान्य छ । बोल्दा तीन पटक सोच्नुपर्ने समय छ। विश्वास गरेका पात्रबाट असहयोग हुनेछ । परिवार भित्रबाट भने सहयोग मिल्नेछ । राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ ।

तुला : दिन राम्रो छ । दाजुभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । राजनीतिक क्षेत्रमा विपक्षीको साथ मिल्नेछ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ ।

वृश्चिक : दिन राम्रो छ । आम्दानी बढ्नेछ । ठुला व्यक्तिसँगको छलफलले मन प्रशन्न हुनेछ । राज्यको माथिल्लो निकायबाट साथ र सहयोग मिल्नेछ । स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ ।

धनु : दिन राम्रो छ । मन प्रशन्न रहने छ । विदेश यात्राको बाटो खुल्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मकर : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । अनावश्यक यात्रामा समय जानेछ । रोगबाट मुक्त हुने योग छ । राजनीतिक क्षेत्रमा भने सचेत बन्नुपर्ने देखिन्छ ।

कुम्भ : दिन राम्रो छ । शिक्षामा प्रगति हुनेछ। धार्मिक कार्यमा सहभागी हुन मन शान्त बन्नेछ । गुरुसँगको भेटले नयाँ योजना तर्जुमा हुनेछन् । यात्रामा कष्ट हुने भएकाले लामो दूरीको यात्रा नगर्नु उचित हुन्छ ।

मीन : दिन सामान्य छ । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने छ । गुरुबाट असहयोग हुनेछ । मिहिनेतको फल प्राप्त भए पनि राजनीतिक क्षेत्रमा सक्रिय नहुनु राम्रो हुन्छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ४ : ५६ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको