सप्तकोसीमा जलसतह बढेपछि ३८ ढोका खोलियो « Khabarhub

सप्तकोसीमा जलसतह बढेपछि ३८ ढोका खोलियो


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ ।

पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो ।

बेलुका १० बजे गरिएको जलसतह मापनअनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख ७३ हजार ९२५ क्युसेक पुगेको थियो । दिउँसो ४ बजेको मापनमा पानीको प्रवाह दुई लाख ५६ हजार १० क्युसेक पुग्दा ३४ ढोका खोलिएको थियो ।

बहाव तीव्र गतिमा बढिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।

“ब्यारेजमा हाल रातो बत्ती बालिएको छ, जुन एक लाख ५० हजार क्युसेकको बहाव पार गरेपछि जलप्रवाहलाई खतराको सङ्केत स्वरूप जनाइन्छ । रातो बत्ती बाल्नु खतरा सम्भावना भएको अवस्था हो, जसले स्थानीयवासी र सरोकार भएकालाई सतर्क रहन सङ्केत गर्दछ”, उनले भने।

हाललाई डुबानको प्रत्यक्ष जोखिम भने नरहे पनि पहाडी क्षेत्रमा भइरहेको लगातारको वर्षाका कारण जलसतह लगातार बढिरहेकाले सम्बन्धित निकायका साथै सप्तकोसी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन तथा जोखिमपूर्ण स्थानमा नजान आग्रह गरिएको प्रवक्ता खतिवडाले बताए ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ५ : ५५ बजे

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई