काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले रास्वपाबाट रुपन्देही क्षेत्र नम्बर ३ को उम्मेदवार डा. लेखजंग थापा नै रहने बताएका छन् ।
लेखजंग थापाको बहुविवाहको विषय बाहिर आएपछि रास्वपाले केही समय उनीमाथि अनुसन्धान गरेको थियो । सोमबार रास्वपा नेताहरूले थापाले एक श्रीमतीसँग सम्बन्ध विभेद गरेको प्रमाण सार्वजनिक नगरे उनको उम्मेदवारी रद्द गर्ने तयारी गरेका थिए ।
तर यसको जानकारी रास्वपा नेताहरूले थापालाई गराएपछि उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक श्रीमतीसँग सम्बन्ध विभेद गरेको कागज सार्वजनिक गरेका हुन् ।
त्यसपछि मगलबार खबरहबसँग कुराकानी गर्दै रास्वपा कार्यवाहक महामन्त्री बुर्लाकोटीले रास्वपाबाट थापा नै उपनिर्वाचनको उम्मेदवार भएको बताए ।
‘हामीले पहिला नै यो विषयमा क्लियर भएका थियौँ । हाम्रो उम्मेदवार उहाँ नै हो । हामीले धेरै कुरा अनुसन्धान गरेर उहाँलाई उम्मेदवार बनाएको हो ।’ बुर्लाकोटीले खबरहबलाई भने, ‘उहाँको विकल्प खोजिँदैन । ठूला दलहरूले हामीलाई अनावश्यक प्रहार गरे । उहाँ सबै हिसाबले क्लियर हुनुहुन्छ भन्ने हामीलाई पहिला नै थाहा थियो ।’
बुर्लाकोटीले थापाले मंगलबार या बुधवार पत्रकार सम्मेलन गरेर सम्पूर्ण जानकारी दिने समेत बताए । उनले अब रास्वपा रुपन्देहीको जनतामाझ जाने समेत जानकारी दिए ।
लेखजंगको कान्छी श्रीमती नुमा शर्मासँग सम्बन्ध विच्छेद भएको हो । लेखजंगकी कान्छी श्रीमती नुमा शर्मा काठमाडौं बस्छिन् । उनीसँग लेखजंगले सम्बन्ध विच्छेद गरेको बताइएको छ ।
उनकी जेठी श्रीमतीले भने बीएससी नर्सिङ गरेकी छन् । हाल उनी उनी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा कार्यरत रहेको जानकारी लेखजंगले रास्वपा नेताहरूलाई दिएका छन् ।
पहिलो पत्नीबाट जन्मिएको बच्चा पनि लेखजंगसँग भएको रास्वपा नेताहरू बताउँछन् ।













प्रतिक्रिया