चीन पुगे किम, के खास छ हरियो रेलमा ? « Khabarhub

चीन पुगे किम, के खास छ हरियो रेलमा ?


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन विशेष रेल चढेर चीन पुगेका छन् । उनले मङ्गलबार बिहान उत्तर कोरियाबाट चीनको सीमा नाघेका हुन् ।

उनी सोमबार राजधानी प्योङयाङबाट चीनका लागि प्रस्थान गरेका थिए । दोस्रो विश्वयुद्धमा जापानले पराजय व्यहोरेको अवसरमा चीनले आयोजना गर्न लागेको सैन्य परेडमा सहभागी हुन किम चीन पुगेका हुन् ।

उत्तर कोरियाली अखबार रोडोङ सिन्मुनले सैन्य परेडलाई किमले सहभागिता जनाउने सबैभन्दा ठूलो बहुपक्षीय कूटनीतिक समारोह भनेको छ । यस परेडमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित २६ मुलुकका प्रतिनिधि सहभागी हुँदैछन् ।

रोडोङ सिन्मुनले किमका फोटोहरु सार्वजनिक गरेको छ । फोटोमा उत्तर कोरियाली विदेशमन्त्री चोए सोन हुईसँगै किम विशेष रेलमा बसिरहेको देख्न सकिन्छ । उनको पछाडि उत्तर कोरियाको झण्डा रहेको छ भने टेबलमा बन्द ल्यापटप छ । अर्को फोटोमा हरियो रेलबाहिर किमले चुरोट हातमा लिएको पनि देखिएको छ ।

किम जोङ उन र उनका पूर्ववर्ती शासकहरु विदेश भ्रमणमा जाँदा रेलको प्रयोग गर्दै आएका छन् । रोयटर्सका अनुसार किम जोङ उनका बाबु किम जोङ इल उड्न डराउँथे । त्यसैले उनी रेलमा यात्रा गर्थे । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्ता गर्नका लागि सन् २०१९ मा भियतनाम जाँदा पनि किम रेल चढेरै पुगेका थिए ।

यो रेल गोली र बम हान्दा पनि सुरक्षित हुने हिसाबले निर्माण गरिएको दाबी गरिएको छ ।

उनको रेलमा आक्रामक हतियारका साथै आकस्मिक अवस्थाका लागि हेलिकोप्टरसमेत राख्ने व्यवस्था रहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जनाएको छ ।

धेरै सुरक्षा बन्दोबस्त गरिएको र भारी धातुको प्रयोग भएका कारण यो रेल ५० किलोमिटर प्रतिघण्टाको गतिमा दौडन्छ जुन औसतमा धेरै नै सुस्त हो ।

किमको रेलभित्र विलासी गाडीहरु पनि राख्ने गरिएको छ भने रेलमा कोरियाली, रुसी, चिनियाँ, फ्रेन्चका साथै जापानी परिकारको पनि व्यवस्था गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको दाबी छ ।

त्यसबाहेक रेलभित्र किमका लागि विशेष कार्यालय बनाइएको छ । रेलभित्र शयनकक्ष, शौचालय, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि बेग्लै डिब्बाहरुको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  १ : ३० बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा