निजामती विधेयक विधायन समितिबाट पारित, आजै राष्ट्रियसभामा पेश हुने « Khabarhub

निजामती विधेयक विधायन समितिबाट पारित, आजै राष्ट्रियसभामा पेश हुने


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले सङ्घीय निजामती सेवा विधेयक सर्वसम्मतले पारित गरेको छ । 

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सर्वसम्मत रूपमा उक्त विधेयक पारित गरेको हो । बैठकमा निजामती कर्मचारीको अवकाश उमेर हदका विषयमा सहमति भएको छ । 

प्रतिनिधिसभाबाट पारित भएको विधेयकमा निजामती सेवासम्बन्धी ऐन जारी भएको पहिलो वर्ष अवकाशको उमेर ५८ वर्ष नै कायम गर्ने, दोस्रो वर्ष ५९ र तेस्रो वर्ष ६० वर्ष कायम गर्ने भन्ने व्यवस्था रहेकालाई बैठकले सदर गरेको हो । 

सबै विषयमा सहमति भएपछि समिति सभापति तुलसा कुमारी दाहालले सर्वसम्मत रूपमा विधेयक पारित भएको घोषणा गरिन् । 

उनले मंगलबार नै उक्त विधेयक राष्ट्रियसभामा पेश गर्ने र पारित गर्ने जानकारी दिइन्  । 

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  १ : ५२ बजे

शिखर पावर डेभलपमेन्टले ३२ लाख कित्ता आईपिओको लागि पायो स्वीकृति

काठमाडौं– शिखर पावर डेभलपमेन्ट लिमिटेडले ३२ लाख कित्ता प्रारम्भिक सार्वजनिक

टिकटकमा भाइरल हुने भोक बोकेका युवाको कथामा ‘भाइरल गोर्खे’ ट्रेलर

काठमाडौं – माघ १ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘भाइरल

चीनको अर्थतन्त्र ५ प्रतिशतले बढ्छ : राष्ट्रपति सी

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार चीनको अर्थतन्त्र सन् २०२५

फाइवर इन्ट्रानेटबाट सीसीटिभी क्यामरा जडान 

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ ले वडाका बालाजु क्षेत्रबाट

‘हामी तीन भाइ’ चैत १३ बाट प्रदर्शनमा आउने

काठमाडौं – मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ आगामी