व्यासको तिंकर गाउँमा टेलिफोन सेवा अवरुद्ध « Khabarhub

व्यासको तिंकर गाउँमा टेलिफोन सेवा अवरुद्ध


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दार्चुला– चीनको सीमा नजिकको दार्चुलाको गाउँ तिंकरमा तीन सातादेखि सञ्चार विच्छेद भएको छ । गत साउन २८ गते आएको बाढीपछि तिंकर गाउँमा टेलिफोन सेवा अवरुद्ध भएको हो ।

तिंकर गाउँमा नेपाल टेलिकमको टुजी सेवा जोडिएको थियो । तर टेलिफोन टावरमा चट्याङले क्षति पुर्‍याएपछि टेलिफोन सेवा बन्द भएको हो । फोन सेवा नहुँदा समस्या भएको स्थानीय आस्तिक तिंकरीले बताए। गाउँमा भिसेट फोन पनि छ । तर निरन्तरको वर्षाका कारण त्यसले राम्रोसँग काम नगरेको उनले बताए। 

व्यास गाउँपालिका–१ को तिंकरमा ७० परिवारको बसोबास छ । यहाँका नागरिक गत जेठमा सदरमुकाम खलङ्गाबाट कुञ्चा (बसाइँ)सरेका थिए । व्यास–१ का वडा सचिव विनोदसिंह बुढाथोकीले भने,’गत साउन २८ गतेदेखि नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयसँगको सम्पर्क टुटेको छ ।’

यहाँका बासिन्दा मङ्सिरमा फेरि खलङ्गा झर्ने गर्छन् ।

नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले तिंकरको टावरमा जडान भएको सफ्टवेयरमै समस्या भएको हुनसक्ने बताए। 

‘सेवा सञ्चालन नभएकाबारे केन्द्रीय कार्यालयलाई जानकारी गराएका छौँ । समस्या समाधानको प्रयास भइरहेको छ’, उनले भने। 
 

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ३ : ३३ बजे

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा