गाजामा इजरायली आक्रमणमा १३ जनाको मृत्यु « Khabarhub

गाजामा इजरायली आक्रमणमा १३ जनाको मृत्यु


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार राति अपार्टमेन्ट र आवासीय भवनमा इजरायली आक्रमणमा परी १३ जनाको मृत्यु भएको जनाएको छ ।

प्रवक्ता महमुद बासलले भने, “इजरायली लडाकू विमानहरूले दक्षिणपश्चिम गाजा सहरको आवासीय भवनको माथिल्लो तलामा आक्रमण गर्दा १० जनाको ज्यान गएको छ ।”

उनका अनुसार इजरायली हेलिकप्टरहरूले सहरको पश्चिममा रहेको अपार्टमेन्टमा पनि आक्रमण गरेको र त्यहाँ तीन जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।

इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रको सबैभन्दा ठूलो सहरी केन्द्र गाजा सहर कब्जा गर्ने तयारी गर्दै आक्रमण तीव्र बनाएको छ र निकासीको चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार गाजा सहर र वरपर करिब १० लाख मानिस बस्छन्, जहाँ अनिकाल घोषणा गरिएको छ ।

एएफपीका तथ्याङ्कअनुसार हमासले सन् २०२३ अक्टोबरमा इजरायलमा गरेको आक्रमणमा अधिकांश सर्वसाधारण गरी एक हजार दुई सय १९ जनाको मृत्यु भएको थियो ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायली जवाफी आक्रमणमा अधिकांश सर्वसाधारण गरी कम्तीमा ६३ हजार पाँच सय ५७ प्यालेस्टिनीको ज्यान गएको छ । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई संयुक्त राष्ट्रसङ्घले भरपर्दो ठानेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ५ : ०६ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले