गाजामा इजरायली आक्रमणमा १३ जनाको मृत्यु « Khabarhub

गाजामा इजरायली आक्रमणमा १३ जनाको मृत्यु


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार राति अपार्टमेन्ट र आवासीय भवनमा इजरायली आक्रमणमा परी १३ जनाको मृत्यु भएको जनाएको छ ।

प्रवक्ता महमुद बासलले भने, “इजरायली लडाकू विमानहरूले दक्षिणपश्चिम गाजा सहरको आवासीय भवनको माथिल्लो तलामा आक्रमण गर्दा १० जनाको ज्यान गएको छ ।”

उनका अनुसार इजरायली हेलिकप्टरहरूले सहरको पश्चिममा रहेको अपार्टमेन्टमा पनि आक्रमण गरेको र त्यहाँ तीन जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।

इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रको सबैभन्दा ठूलो सहरी केन्द्र गाजा सहर कब्जा गर्ने तयारी गर्दै आक्रमण तीव्र बनाएको छ र निकासीको चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार गाजा सहर र वरपर करिब १० लाख मानिस बस्छन्, जहाँ अनिकाल घोषणा गरिएको छ ।

एएफपीका तथ्याङ्कअनुसार हमासले सन् २०२३ अक्टोबरमा इजरायलमा गरेको आक्रमणमा अधिकांश सर्वसाधारण गरी एक हजार दुई सय १९ जनाको मृत्यु भएको थियो ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायली जवाफी आक्रमणमा अधिकांश सर्वसाधारण गरी कम्तीमा ६३ हजार पाँच सय ५७ प्यालेस्टिनीको ज्यान गएको छ । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई संयुक्त राष्ट्रसङ्घले भरपर्दो ठानेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ५ : ०६ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका