बिपाशाको शारीरिक बनावटबारे दिएको कमेन्टपछि विवादमा अभिनेत्री मृणाल « Khabarhub

बिपाशाको शारीरिक बनावटबारे दिएको कमेन्टपछि विवादमा अभिनेत्री मृणाल


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेत्री मृणाल ठाकुर पछिल्ला दिनमा सामाजिक सञ्जालमा ठूलो विवादमा परेकी छन् । उनका पुराना अन्तर्वार्ताका क्लिपहरू पुनः सतहमा आउँदै गर्दा उनलाई दर्शक र सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गर्न थालेका हुन् ।

अभिनेत्री बिपाशा बसुको शारीरिक बनावटबारे दिएको विवादास्पद कमेन्टपछि, उनको अर्को अन्तर्वार्ताले अभिनेत्री अनुष्का शर्मासँग जोडिएको पुरानो प्रसंगलाई पुनः विवादमा ल्याएको छ  ।

भाइरल भएको भिडियोमा अभिनेत्री मृणाललाई आफ्नो करिअरको सुरुवाती चरणमा आफूले अस्वीकार गरेका फिल्मबारे प्रश्न सोधिएको थियो । केही समय सोचेर उनले जवाफ दिइन्, ‘धेरै फिल्महरू अस्वीकार गरेँ किनकि म तयार थिइनँ । विवाद हुने डर थियो । तीमध्ये एउटा फिल्म सुपरहिट भयो जसले त्यस फिल्मकी अभिनेत्रीलाई स्टारडमसम्म पुर्‍यायो । तर म महसुस गर्छु कि त्यतिबेला त्यो फिल्म गरेकी भए म आफैँलाई हराउने थिएँ ।’

यद्यपि उनले कुनै नाम लिइनन्, तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनले उल्लेख गरेको फिल्म अभिनेता सलमान खान अभिनीत ‘सुल्तान’ भएको दाबी गरेका छन् । अभिनेत्री मृणाललाई नै फिल्मको लागि पहिलो रोजाइमा राखिएको थियो, तर अन्ततः सो फिल्म अभिनेत्री अनुष्का शर्माले पाएकी थिइन्।

सामाजिक सञ्जालमा आलोचना चर्कनुको कारण मृणालको अर्को भनाइ पनि हो । उनले भनेकी थिइन्, ‘त्यो अभिनेत्री अहिले काम गरिरहेकी छैन, तर म आज सक्रिय छु । यो नै मेरो जित हो । मलाई तत्काल चर्चित हुनु छैन । किनभने जे तत्काल आउँछ, त्यो तत्काल हराउँछ ।’

यस भनाइपछि धेरैले उनले अभिनेत्री अनुष्कामाथि अप्रत्यक्ष प्रहार गरेको दाबी गरेका छन् ।

यो विवादमा थप रोचक तथ्य के भने, बिग बोसको एक एपिसोडमा अभिनेता सलमान खानले नै खुलासा गरेका थिए कि ‘सुल्तान ‘को पहिलो रोजाई मृणाल ठाकुर नै थिइन् । यसरी, एक अधूरो फिल्मी प्रसंगले आज फेरि विवादको रूप लिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ५ : ०९ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको