पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी « Khabarhub

पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन– पर्यटकीय याम प्रारम्भ हुनलागेसँगै सौराहाका पर्यटन व्यवसायी पूर्वतयारीमा जुटेका छन् । बिदामा गएका कर्मचारी पनि काममा फर्कन थालेका छन् । 

गत वर्ष पर्यटक नआउँदा खिन्न सौराहास्थित होटल भिष्टाका सञ्चालक रमेश सिलवाल यो वर्ष पर्यटक आउनेमा आफू आशावादी रहेको बताउनुहुन्छ । 

जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे पनि यतिबेला होटलको सरसफाइ, रङ्गरोगन, मर्मतसम्भारमा नै व्यस्त छन्। क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष घिमिरे आफूजस्तै अन्य व्यवसायी सरसफाइमा जुटेका बताउँछन्। 

रेष्टुरेन्ट एण्ड बार एसोसिएसनका पूर्वअध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका ८० वटा रेष्टुरेन्ट छन् । ती सबै पर्यटकको प्रतीक्षामा छन् । यो वर्ष पर्यटक आगमन गत वर्षको भन्दा अधिक हुने अपेक्षासहित आफूहरू तयारीमा जुटेको उनले बताए। सौराहामा एक सय २० भन्दा बढी होटल छन् । ती होटलमा आठ हजार हाराहारी कोठा छन् । 

क्षेत्रीय होटल सङ्घका अध्यक्ष ओम पाण्डे हाल सौराहामा नगन्य पर्यटक छन् । आगामी महिना पर्यटक बढ्नेमा उनी विश्वस्त छन्। 

जङ्गल सफारीका लागि प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा सौराहा भएकाले स्वदेशी र विदेशी पर्यटकको आगमनको प्रतीक्षामा रहेका व्यवसायी  धामाधम भौतिक पूर्वाधार पनि निर्माण गरिरहेका छन् । 

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ५ : ११ बजे

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल