अर्थसंक्षेप : पीडितले चलाउन खोजेको सूर्यदर्शनको घर नै लिलाम, चक्रपथको कलङ्की–बसुन्धारा खण्ड सात वर्षसम्म भएन काम र १७ अंकले घट्यो नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : पीडितले चलाउन खोजेको सूर्यदर्शनको घर नै लिलाम, चक्रपथको कलङ्की–बसुन्धारा खण्ड सात वर्षसम्म भएन काम र १७ अंकले घट्यो नेप्से


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

चक्रपथको कलङ्की–बसुन्धारा खण्डमा सात वर्षसम्म कहाँ अल्मलियो सरकार ?

चक्रपथ पहिलो खण्ड कोटेश्वर–कलङ्की (१०.३५) किलोमिटर विस्तार गर्दा जग्गा विवादले तोकिएको समयमै काम सम्पन्न हुन सकेन ।

त्यसैले दोस्रोखण्ड (कलङ्की–बसुन्धरा ८.२ किलोमिटर) विस्तारमा चिनियाँ पक्षले नेपाल सरकारसँग छेउका सर्भिस लेन निर्माण सम्पन्न नगरी कुनै काम नथाल्ने अडान राख्यो । उनीहरूको अडान स्वीकार्दै वि.सं. २०७५ मा सरकारले सम्झौता गर्‍यो ।

चिनियाँको अडानपश्चात् २०७५ जेठ १४ गते सरकारले सडक सीमा मिचेर निर्माण गरिएका संरचना हटाउन सूचना जारी गर्दै काम थालेको थियो ।

तर, निर्माणको सात वर्ष बितिसक्दा पनि सरकारले सर्भिस लेन सम्पन्न गर्न सकेको छैन । कामलाई गति दिन नसक्दा चिनियाँ पक्षलाई नेपाल ल्याउन पनि सरकारलाई हम्मेहम्मे परेको छ ।

बसुन्धरा–कोटेश्वर खण्डमा जग्गा विवाद भएपछि चीनले उठायो हात

कोटेश्वर–कलङ्की खण्डको सर्भिस लेन १३ वर्षदेखि अधुरै

पीडित बचतकर्ताले चलाउन खोजेको सूर्यदर्शन सहकारीको घरै लिलाम !

सङ्घीय राजधानी काठमाडौँदेखि योजनाबद्ध रूपमा बिछ्याइएको सहकारी ठगीको जालोभित्रको एउटा संस्था हो – पोखराको नयाँबजारमा कार्यालय रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था !

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले वि.सं. २०८१ पुस ७ गते जिल्ला अदालत, कास्कीमा दायर गरेको मुद्दा मिसिलअनुसार; सूर्यदर्शन सहकारीबाट ११५६ बचतकर्ताको बचत गायब पारिएको छ ।

उक्त सहकारी ठगी प्रकरणमा सरकारी वकिल कार्यालयले कुल बिगो नै एक अर्ब ५१ करोड ४० लाख १९ हजार रुपैयाँ कायम गरेको जनाएको थियो ।

मूल अभियोजन पत्रमा १९ जना र पूरक अभियोजन पत्रमा पूर्वउपप्रधान/गृहमन्त्री रवि लामिछाने सहितलाई प्रतिवादी बनाइएको सूर्यदर्शन सहकारी ठगीको मुद्दा अहिले पनि चलिरहेको छ ।

मुद्दा दायर हुनुभन्दा १५ महिनाअघि २०८० असोज दोस्रो साता पोखरा महानगरपालिकाको विशेषज्ञ समितिले गरेको अध्ययन क्रममा उक्त सहकारीबाट एक अर्ब ३१ करोड ५३ लाख ८२ हजार रुपैयाँ अपचलन भएको भेटिएको थियो ।

त्यतिखेर एक हजार ३६ बचतकर्ताले आफूहरूले सूर्यदर्शन सहकारीबाट एक अर्ब ११ करोड रुपैयाँ पाउनुपर्ने दाबी गर्दै निवेदन दिएका थिए ।

एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम बाँडफाँड

पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी

सुदूरपश्चिमका मुख्यमन्त्रीले भने- तपाईँहरू लगानी गर्न तयार हुनुस्, वातावरण हामी बनाउँछौ

१७ अंकले घट्यो नेप्से, साढे ४ अर्ब पनि पुगेन कारोबार

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.७६ अंकले घटेको छ । नेप्से ०.६४ प्रतिशतले घटेर २७४४ विन्दुमा आएको छ ।

नेप्से घटेसँगै कारोबार भने साढे ४ अर्ब समेत पुगेको छैन ।

मंगलबार दिनभरमा ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको १ करोड ५ लाख ३५ हजार ८७४ हजार कित्ता शेयर कारोबार भएको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ? 

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

चक्रपथको कलङ्की–बसुन्धराखण्ड विस्तार असोजदेखि

सरकारले चक्रपथको कलङ्की–बसुन्धरा धोबीखोला पुलसम्मको मुख्य खण्ड विस्तार आगामी असोजदेखि सुरु गर्ने जनाएको छ ।

अनुदानकर्ता चीनले डिजाइनको अन्तिम स्वीकृति दिएपश्चात् टेन्डर प्रक्रियामा प्रवेश गर्ने तयारी भइरहेको सडक विभागका प्रवक्ता प्रभात कुमार झाले जानकारी दिएका हुन् ।

‘चिनियाँ सर्वेक्षण टोलीसँग भएको छलफल अनुसार अहिले सर्भे सकिएर विस्तृत डिजाइनमा काम भइरहेको छ, करिब एक महिनामा डिजाइन पूरा हुन्छ र आगामी अक्टोबरभित्र चीनमा अन्तिम स्वीकृति लिएर टेन्डर प्रक्रियामा प्रवेश गर्ने तयारी छ’, झाले खबरहबलाई बताए ।

चिनियाँ प्राविधिक टोलीले तयार पारेको डिजाइनअनुसार ८.२ किलोमिटर लम्बाइको उक्त खण्ड निर्माण निम्ति सरकारले वि.सं. २०७५ सालमै सम्झौता गरेको थियो ।

नेपाल लाइफ इन्भेष्टमेन्टले हकप्रद शेयर निष्काशन गर्ने 

फूलखेतीबाट आत्मनिर्भर बन्दै शुलभ

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ७ : ०२ बजे

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित

वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको

जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस

काठमाडौँ – न्यायपरिषद्को आजको बैठकले छ जना जिल्ला न्यायाधीश नियुक्तिका

विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख

एजेन्सी – विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महासचिव डा. ङ्गोजी

राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर

राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले