राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर « Khabarhub

राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस प्रदेशबाट उठ्ने राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई नै दिनुपर्ने बताएका छन्‌ ।

लोसपा सप्तरीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मधेसबाट उठ्ने राजस्वको न्यून रकम मात्र मधेसमा आउने गरेको बताए । अध्यक्ष ठाकुरले भन्नुभयो, ‘जनसङ्ख्याको आधारमा बजेट बाँडफाँट हुनुपर्छ । यसैगरी यस प्रदेशबाट उठ्ने राजस्वको कम्तीमा ३५ प्रतिशत बजेट मधेसले पाउनुपर्छ । तब मात्रै यहाँको विकास हुनसक्छ ।’

मधेसमा सुक्खाग्रस्त क्षेत्रको अवलोकन गर्ने क्रममा आफू पनि प्रधानमन्त्रीसँगै रहेको भन्दै उनले त्यस बेला घोषणा गरिएका कुरा पनि अझै कार्यान्वयन नभएको बताए । प्रधानमन्त्रीले ५०० ‘डिप बोरिङ’ दिने घोषणा गरे पनि कार्यान्वयन नभएको भन्दै उनले गुनासो गरे ।

अध्यक्ष ठाकुरले अन्न भण्डार मधेसमा भएको खडेरी र खानेपानी समस्याबारे आफ्नो पार्टीले सरकार र सदनमा आवाज उठाउने काम गरिरहेको बताए ।

पत्रकार सम्मेलनमा लोसपाका वरिष्ठ उपाध्यक्ष जयप्रकाश ठाकुर, जिल्ला अध्यक्ष सुनिल झासहित पार्टीका नेता कार्यकर्ताको उपस्थिति थियो ।

राजविराजमा बुधबार आयोजना हुने सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान कार्यक्रममा सहभागी हुन उनीहरू यहाँ आइपुगेका हुन्‌ । रासस

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ९ : ०९ बजे

इरानी सेनाका प्रवक्ता इजरायली आक्रमणमा मारिए

तेहरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता

‘मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढ्यो’ 

काठमाडौं- नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी

अमेरिकी एफ-३५ लडाकु जेटमा इरानी सेनाको निशाना, क्षतिग्रस्त भएपछि आपतकालीन अवतरण

तेहरान- युद्धका बीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले

मर्मतपछि यस्तो देखियो जेन-जीका नाममा जलाइएको कांग्रेसको बैठक हल (तस्बिरहरू)

काठमाडौं- गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा जलाइएको

गगनको कुर्सी खाली राखेर कांग्रेस बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा जारी