मिथिलामा आज रावण वध उत्सव मनाइँदै « Khabarhub

मिथिलामा आज रावण वध उत्सव मनाइँदै


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा विजयादशमीका दिन आज रावण वध उत्सव हुँदैछ । महोत्तरीको मटिहानीमा आज विजयादशमीका दिन रावण वध उत्सव मनाइने भएको हो । श्रीराम मिथिलाका ज्वाइँ भएको र यहाँकी छोरी सीताको हरणकर्ता भएर पनि रावण वध मैथिलहरूका लागि उत्सव बन्दै आएको मानिन्छ ।

वर्षौंदेखि विजयादशमीका दिन श्रीरामले असुर रावणको सम्हार गरेको स्मरणमा प्रतिकात्मक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ । विजयादशमीको दिन साँझको बेला दशानन (दश टाउको भएको) अजङ्को रावण प्रतिमालाई श्रीरामले चलाएको तीरले शिरछेदन गरिएको दृश्य देखाएर उत्सव मनाउने परम्परा गरिएको छ । यस प्रयोजनका लागि दुर्गा मन्दिर परिसरमा अजङ्को रावणको पुतला बनाइएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताए ।

मिथिलामा विजयादशमीका दिन देवी विसर्जनसँगै यसै दिन श्रीरामले रावणलाई सम्हार गरेको विश्वासमा रावण वध उत्सवको परम्परा रहँदै आएको छ । यसैअनुसार मटिहानीमा वर्षौं वर्षदेखि यो उत्सव मनाउन थालिएको उनको भनाइ छ ।

दशहारा (दशैँ) पर्व सत्य युगमा देवी दुर्गाले चण्ड, मुण्ड र रक्तविजसहितका दैत्यको सम्हार गरेको प्रतीकात्मक रहेझैँ मटिहानीमा रावण वध पनि जोडिएर आएको विश्वास गरिन्छ । सत्ययुगमा देवीले दैत्य सम्हार गरेझैँ त्रेता युगमा श्रीरामले रावणसहितका असुर प्रवृत्तिको अन्त्य गरेको यही असोज शुक्लपक्षमा रहेको मानिन्छ । खासगरी देवीले नवमीसम्म र श्रीरामले रावणको दशमीकै दिन सम्हार गरेको विश्वासमा मटिहानीमा रावण वध उत्सवको परम्परा चलेको मटिहानी–७ निवासी प्रेस स्वतन्त्रता सेनानी ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डलको कथन छ ।

मटिहानीमा ‘वध’ गरेको देखाइने रावणको अजङ्को प्रतिमा भोलिपल्ट उल्लासमय वातावरणमा बाजागाजासाथ जलाशयमा पु¥याइ गहिरो पानीमा विसर्जन गर्ने परम्परा रहेको छ । (रासस)

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  ९ : ४१ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ