यस्तो भयो बर्दियामा थारू समुदायको दसैँ (तस्बिरहरू)  « Khabarhub

यस्तो भयो बर्दियामा थारू समुदायको दसैँ (तस्बिरहरू) 


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दियाको थारू समुदायमा टिका र मकैको जमरा लगाएर हर्षउल्लासका साथ दशैँ मनाइएको छ ।

जब-जब दशैं नजिकिन्छ बर्दियासहित पश्चिम नेपालको तराई जिल्लाका थारू समुदायमा पनि दशैंको रौनक बढ्दै जान्छ। थारू समुदायमा दशैंको उत्साह घटेको छैन ।

दशैंको नवौ दिन थारू समुदायको बाहुल्यता रहेको बर्दिया, कैलाली, कञ्चजपुर, दाङ, बाँके, र सुर्खेत जिल्लामा आफ्नै मौलिक परम्परासहित यो समुदायले हर्षोउल्लासले दशैं मनाउँछन् ।

हिन्दुधर्म झै थारू समुदायले दशैँ मनाउने भएपनि उनीहरूको आफ्नै मौलिक संस्कृति, परम्परा र धार्मिक अनुष्ठान अनुसार  टीका र जमरा लगाएर दशैं मनाउने गर्दछन् ।कसैले रातो टिका त कसैले सेतो टीका र जमरा लगाएर दशैं मनाउने गर्दछन् ।

 दसैँलाई ‘दश्‍या’ भनेर मनाइने यो पर्व थारू समुदायको माघी र अट्वारी पछिको अर्को ठूलो पर्व हो । यसका आफ्नै मौलिक संस्कृति छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  ३ : ५८ बजे

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।