देखिन थाल्यो सडकमा चहलपहल « Khabarhub

देखिन थाल्यो सडकमा चहलपहल


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको प्रसाद घरमा मान्यजनबाट ग्रहण गरेपछि घरबाहिर टीका लगाउन हिँड्नेको आजैदेखि राजधानीलगायत देशभर चहलपहल देखिन थालेको छ । महानवमीका दिन बुधबार सुनसानप्राय बनेको राजधानीमा आज विजयादशमीको टीकापछि भने घर बाहिरका आफन्तसँग दुर्गादेवीको प्रसाद लगाउन हिँड्नेको केही चहलपहल देखिन थालेको हो ।

निधारमा रातो टीका र टाउकोमा जमरा लगाएका मानिस अन्यत्र टीका एवं आशीर्वाद थाप्न हिँड्न थालेका छन् । दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नगरेसम्म जारी रहन्छ ।

राजधानीमा मानिसको चहलपहल बढे पनि सार्वजनिक सवारी भने निकै कम चलेका छन् । थोरै मात्रामा चलेका सार्वजनिक सवारीमा कोचिएर यात्रा गर्न यात्रु बाध्य छन् ।

यस वर्षको दशैँमा झरी परेका कारण पनि टीका एवं आशीर्वाद थाप्न हिँड्ने मानिस प्रभावित भएका छन् । महानवमीका दिन बुधबार र आज बिहान पनि राजधानीलगायत विभिन्न स्थानमा वर्षा भएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  ७ : २३ बजे

दोस्रो कार्यकालमा ताकाइचीको कडा एजेन्डा

एजेन्सी– भारी मतान्तरसहितको चुनावी विजयपछि साने ताकाइची बुधबार पुनः जापानको

गगन थापाले भने : धेरैपटक अवसर पाउँदा सदुपयोग गरेनौँ, अबको पाँच वर्ष राष्ट्र निर्माणमा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी पाँच वर्ष

चिनियाँ रोबोटलाई भारतको गलगोटिया विश्वविद्यालयले आफ्नो भनेपछि…

नयाँ दिल्ली- भारत सरकारले नयाँ दिल्लीमा जारी एआई समिटको एक्सपो

इरान–अमेरिका वार्ताले सकारात्मक परिणाम निकाल्नेमा संयुक्त राष्ट्रसङ्घ आशावादी

एजेन्सी– संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेरेसले इरान र अमेरिका बिचको

हेभिवेट पराजय शृङ्खला : प्रचारमा हिरो, ब्यालेटमा जिरो !

मतपेटिकामा मत खसाल्ने मतदाताको पर्खाइ अब १५ दिनको मात्रै छ