देखिन थाल्यो सडकमा चहलपहल « Khabarhub

देखिन थाल्यो सडकमा चहलपहल


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको प्रसाद घरमा मान्यजनबाट ग्रहण गरेपछि घरबाहिर टीका लगाउन हिँड्नेको आजैदेखि राजधानीलगायत देशभर चहलपहल देखिन थालेको छ । महानवमीका दिन बुधबार सुनसानप्राय बनेको राजधानीमा आज विजयादशमीको टीकापछि भने घर बाहिरका आफन्तसँग दुर्गादेवीको प्रसाद लगाउन हिँड्नेको केही चहलपहल देखिन थालेको हो ।

निधारमा रातो टीका र टाउकोमा जमरा लगाएका मानिस अन्यत्र टीका एवं आशीर्वाद थाप्न हिँड्न थालेका छन् । दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नगरेसम्म जारी रहन्छ ।

राजधानीमा मानिसको चहलपहल बढे पनि सार्वजनिक सवारी भने निकै कम चलेका छन् । थोरै मात्रामा चलेका सार्वजनिक सवारीमा कोचिएर यात्रा गर्न यात्रु बाध्य छन् ।

यस वर्षको दशैँमा झरी परेका कारण पनि टीका एवं आशीर्वाद थाप्न हिँड्ने मानिस प्रभावित भएका छन् । महानवमीका दिन बुधबार र आज बिहान पनि राजधानीलगायत विभिन्न स्थानमा वर्षा भएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  ७ : २३ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ