इजरायलद्वारा गाजा जान लागेका ४० जहाज रोकी कार्यकर्ताहरू पक्राउ « Khabarhub

इजरायलद्वारा गाजा जान लागेका ४० जहाज रोकी कार्यकर्ताहरू पक्राउ


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- इजरायली सेनाले गाजा पट्टीमा लगाइएको नाकाबन्दीको प्रवाह नगरी र मानवीय सहायता पुर्‍याउने उद्देश्यले अन्तर्राष्ट्रिय मिसनको रूपमा गाजा पट्टी जाने ४४ वटा पानी जहाजहरू मध्ये ४० वटा रोकेको फ्लोटिलाका आयोजकहरूले बताएका छन् ।

इजरायली सेनाले जहाजहरूमा आक्रमण गरी जहाजमा रहेका २५ जना टर्की कार्यकर्ताहरूलाई पक्राउ गरेको उनीहरुले बताएका छन् ।

विज्ञप्तिमा, गाजामा मानवीय सहायता ढुवानी गर्ने नागरिक र शान्तिपूर्ण फ्लोटिलालाई अन्तर्राष्ट्रिय जल क्षेत्रमा इजरायली सेनाले “अवैध छापा“ मारेको उल्लेख गरिएको छ ।

यसले इजरायली कब्जाको अभ्यासले अन्तर्राष्ट्रिय कानून र समुद्री सुरक्षाको गम्भीर उल्लङ्घन भएको जनाउदै फ्लोटिला पूर्ण रूपमा मानवीय उद्देश्यका लागि स्थापित भएको कुरामा जोड दिएको छ ।

इजरायलले फ्लोटिलाका अधिकांश जहाजहरुलाई रोके पनि कम्तिमा दुईवटा जहाजले गाजा पट्टीमा आफ्नो यात्रा जारी राखेको मिडिया स्रोतहरूले रिपोर्ट गरे ।

मानवीय सहायता, विशेष गरी चिकित्सा आपूर्तिका अतिरिक्त ४५ भन्दा बढी देशका ५३२ नागरिक समाजका कार्यकर्ताहरू बोकेको लगभग ५० वटा जहाजहरू गाजातर्फ एकैसाथ यात्रा गरेको यो पहिलो पटक हो ।

गाजामा घेराबन्दी तोड्ने प्रयास गर्ने अन्तर्राष्ट्रिय समितिले इजरायलले फ्लोटिलाका केही जहाजहरूमा छापा मारेको पुष्टि गरेको छ ।

एम्नेस्टी इन्टरनेसनल लगायत अन्तर्राष्ट्रिय संस्थाहरूले फ्लोटिला को सुरक्षाका लागि आह्वान गरेका छन् भने संयुक्त राष्ट्र सङ्घले यसमा भएको कुनै पनि आक्रमण “अस्वीकार्य“ भएको पुष्टि गरेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  ७ : ३६ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित