जेनजी आन्दोलनले सुदूरपश्चिमका मुख्यमन्त्रीको कार्यालयमा १० करोडको क्षति « Khabarhub

जेनजी आन्दोलनले सुदूरपश्चिमका मुख्यमन्त्रीको कार्यालयमा १० करोडको क्षति


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गोदावरी गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गरिएको तोडफोड र आगजनीबाट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा झण्डै १० करोडबराबरको क्षति भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सूचना अधिकारी जगदीश जोशीका अनुसार आगजनी र तोडफोडबाट रु नौ करोड ७४ लाख ५१ हजारको क्षति भएको छ ।

मुख्यमन्त्री कार्यालयपरिसरमा राखिएका सातवटा चारपाङ्ग्रे सवारीसाधन, १३ सरकारी मोटरसाइकल र तीनवटा स्कुटर जलेर नष्ट भएको उनले जानकारी दिए । आगजनीबाट भवनको दोस्रो तलामा रहेको मुख्यमन्त्रीको कार्यकक्ष पूर्ण रुपमा नष्ट भएको छ । साथै लेखासम्बन्धी कागजात र तेस्रो तलामा रहेका प्रशासनका केही कागजात मात्र जोगिएका छन् ।

मुख्यमन्त्री कार्यालयमा टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टर, टेलिभिजन, दराज, सोफा, भवनका झ्याल, ढोका, कार्पेट, मार्बललगायत सबै सामान नष्ट भएको उनले बताए । आन्दोलनका क्रममा केही सामान चोरीसमेत भएको बताइएको छ ।

मुख्यमन्त्री कार्यालयले तयार पारेको क्षतिको विवरणअनुसार कार्यालय र निवासमा रहेका भाँडाकुँडासमेत नभेटिएको जनाइएको छ । आन्दोलनका क्रममा धनगढीमा रहेका अधिकांश सरकारी कार्यालय आगजनी गरिएको थियो ।्जे

न–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले सुदूरपश्चिम प्रदेश सभा भवन तहसनहस भएको छ । प्रदेश सभाको बैठक सञ्चालन हुने बैठक कक्षका टेबुल, कुर्सी, कम्प्युटर, ल्यापटप, डिजिटल क्यामेरा, भिडियो क्यामेरा, फोटोकपी मेसिन प्रिन्टर, एसीलगायत सामानजलेर नष्ट भएका छन्, हल खण्डहर बनेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  ८ : ५१ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी