फिलिपिन्समा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ७२ पुग्यो, २९४ घाइते « Khabarhub

फिलिपिन्समा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ७२ पुग्यो, २९४ घाइते


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मनिला- मध्य फिलिपिन्सको बोगो र सेबू सहरमा मङ्गलबार आएको ६।९ म्याग्निच्युडको सेबू भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ७२ पुगेको छ ।

नेसनल डिजास्टर रिस्क रिडक्सन एण्ड म्यानेजमेन्ट काउन्सिलले बिहीबार मध्य विसाया क्षेत्रमा उनीहरुको मृत्यु भएको र भूकम्पमा कम्तीमा २९४ जना घाइते भएको जनाएको छ ।

मध्य बिसायाका ५३ वटा गाउँमा बसोबास गर्ने ४७ हजार २२१ परिवारहरूको भूकम्पको कारण प्रभावित भएको जनाइएको छ । राष्ट्रिय विपद् व्यवस्थापन आयोगले अझै पूर्वाधार र कृषिमा भएको क्षतिको परिमाण निर्धारण गर्न बाँकी रहेको जनाएको छ ।

फिलिपिन्स प्यासिफिक रिंग अफ फायरमा अवस्थित भएको कारण ज्वालामुखी विस्फोट र भूकम्पको उच्च जोखिममा रहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  ९ : ०६ बजे

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा