आज २०८२ साल कात्तिक १६ गते आइबारको राशिफल « Khabarhub

आज २०८२ साल कात्तिक १६ गते आइबारको राशिफल


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक १६ गते आइतबार। कात्तिक शुक्ल पक्षको एकादशी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर २ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । हरेक काममा अवरोध देखिने छन् । निर्णय क्षमताको आवश्यकता देखिन्छ । मनमा धेरै खटपटी हुनसक्छ । वैदेशिक क्षेत्रको लगानीमा उत्साह बढ्नेछ । परिवारको सहयोग प्राप्त हुनेछ ।

वृष : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । व्यवहार गर्दा सचेत भएर अगाडि बढ्नु राम्रो हुन्छ ।

मिथुन : मनमा उत्साह बढ्नेछ । साना योजनालाई रोकेर ठुलाठुला कामको सुरुवात गर्नु राम्रो हुनेछ । शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्र प्रगति हुनेछ । समयको सदुपयोग गर्नुपर्ने दिन छ ।

कर्कट : आज तपाईंको दिन राम्रो छ । लामो यात्रा हुनेछ । शिक्षामा सफलता प्राप्त हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । लगानी गरेको क्षेत्रबाट नाफा आर्जन हुनेछ ।

सिंह : दिन सामान्य छ । सोचेर निर्णय गर्नुपर्ने दिन हो । अग्रजको सुझाव अनुसार काम गर्दा नाफा हुनेछ । परिवारको साथमा अगाडि बढे फाइदा हुनेछ । लगानीका लागि हिम्मत गर्नु राम्रो हुनेछ ।

कन्या : दिन राम्रो छ । लामो समय रोकिएको कामको सुरुवात हुनेछ । वैदेशिक क्षेत्रमा नाफा हुनेछ । विदेशको लगानीबाट मनमा उत्साह बढ्नेछ । व्यवहार गर्दा मर्यादा नभुल्नु राम्रो हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

तुला : दिन राम्रो छ । आफन्तको चिन्ता गर्दा आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने देखिन्छ । खानपान र नियमित औषधी छुटेर रोग बढ्ने छ । लगानीका अवसर धेरै भएकाले सोचेर अगाडि बढ्नु राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : दिन आज धेरै नै राम्रो छ । लगानी र श्रमको उचित मूल्यांकन हुनेछ । काम सम्पन्न नभएसम्म मनको कुरा कसैलाई नभन्नु राम्रो हुन्छ । ठुलो लगानी नगर्नु राम्रो हुनेछ । संकटमा परिवारको साथ मिल्नेछ ।

धनु : मान र मर्यादाले तपाईंलाई उचाईमा पुर्याउने छ । प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ । लगानीका अवसर थुप्रै भएकाले यसलाई सदुपयोग गर्नु राम्रो हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : दिन राम्रो छ । मनको चिन्ता हट्नेछ । ठुलो योजनामा हात नहाल्नु राम्रो हुन्छ । अनावश्यक तर्क गर्दा आफैंलाई घाटा हुनेछ । धार्मिक कार्यमा संलग्न भएमा दिन सहज बन्नेछ ।

कुम्भ : कडा प्रतिस्पर्धामा सहभागी भएर सफलता प्राप्त गर्ने योग छ । कृषि र पशुपालन क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । वैदेशिक लगानीले उत्साह बढ्नेछ । शिक्षा क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ ।

मीन : दिन राम्रो छ । दाजुभाइ वा दिदीबहिनीको सहयोग लिएर अगाडि बढ्ने समय छ । धोरै बोलेर धेरै मिहिनेत गर्नुपर्ने समय छ । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ५ : २५ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा