भोजपुरको देउराली उद्यान आकर्षकस्थल « Khabarhub

भोजपुरको देउराली उद्यान आकर्षकस्थल


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भोजपुर– देउरालीमा निर्माण गरिएको उद्यान (पार्क) अहिले जिल्लामा आउने आगन्तुकका लागि मन रमाउने सुन्दर स्थल बनेको छ । स्थानीय युवाको सक्रियता र सामूहिक प्रयासका कारण यो स्थान अहिले जिल्लाको नयाँ पहिचान बन्दै गएको छ ।

यस उद्यानको संरक्षण र सरसफाइमा बिहानी फुटबल क्लबका युवाहरूको निरन्तर योगदान रहेको सचिव रिपेश भुजेलले जानकारी दिए । युवाहरूले राष्ट्रिय झण्डा, फूलका गमला र बस्नका लागि फलैँचा निर्माण गरेर उद्यानलाई आकर्षक र व्यवस्थित बनाएका छन् । उद्यानको प्रवेश भागमा खुकुरीको प्रतिमा स्थापनाले यहाँ आउने आगन्तुकको ध्यान झन् बढी तान्ने गरेको छ । यहाँ भोजपुर नगरपालिकाले खुकुरीको प्रतिमा निर्माण गरेको हो ।

क्लबका युवाहरूले राखेका राष्ट्रिय झण्डाको नियमित हेरचाह र फेरबदलसमेत गर्दै आएका छन्, जसले पार्कलाई सदैव स्वच्छ र आकर्षक बनाएको छ । युवाको सक्रियताबाट प्रेरित भई यहाँका अन्य समाजसेवीहरूले पनि व्यक्तिगत पहलमा फलैँचा निर्माण र सजावटमा सहयोग गरेका छन् ।

युवाहरूको यस निरन्तर प्रयासले देउराली सुन्दरसँगै भोजपुरकै गर्वको स्थल बन्ने दिशामा अघि बढेको सुरुवाती अभियान सञ्चालन गरेका युवा प्रकाश किरातले बताए । युवाहरूले थालेको अभियानलाई विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूको सहयोगले पूर्णता दिएको उनको भनाइ छ ।

सुन्दर प्राकृतिक दृश्यले सजिएको देउराली उद्यान अहिले फुर्सदको क्षण बिताउने र दृश्यावलोकन गर्ने प्रमुख स्थल बनेको छ । बिहान र साँझको समयमा यहाँ दर्जनौँ आगन्तुकहरू प्रकृतिको आनन्द लिन आउने गरेका छन् । (रासस)

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ७ : ३७ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका

काठमाडौँ उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट