उपत्यकाको फोहोर व्यवस्थापनमा कुलमानको चासो : आइतबार बिहानै बन्चरेडाँडा पुगे « Khabarhub

उपत्यकाको फोहोर व्यवस्थापनमा कुलमानको चासो : आइतबार बिहानै बन्चरेडाँडा पुगे


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपत्यकाको फोहोर व्यवस्थापनमा ऊर्जा तथा सहरी विकासमन्त्री कुलमान घिसिङले चासो दिएका छन् । आइतबार बिहान फोहोर व्यवस्थापनको समस्या समाधानको पहल गर्न उनी बन्चरेडाँडा पुगेका हुन् ।

मन्त्री घिसिङको निजी सचिवालयका अनुसार उनी आइतबार बिहानै बन्चरेडाँडास्थित ल्यान्डफिल्ड साइटको अनुगमन गर्न पुगेका हुन् ।

यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेपछि मन्त्री घिसिङ ल्यान्डफिल्ड साइटमा पुगेका हुन् ।

शुक्रबारदेखि स्थानीयले फोहोर लाने गाडीलाई रोक लगाएपछि समस्या समाधानको पहल गर्न घिसिङ ल्यान्डफिल्ड साइट पुगेका हुन् ।

फोहोर व्यवस्थित हुनुपर्ने लगायत विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले फोहोर फाल्न अवरोध गरेको गरेका हुन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ९ : २६ बजे

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

सेती पुलको निरीक्षणमा मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

भागेर होइन दृढताका साथ चुनौतीको सामना गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले भागेर नभइ दृढताका

नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रवि लामिछाने र

पकेट क्षेत्रको सुन्तला बगैँचा (फोटो फिचर)

काठमाडौं – यत्तिबेला सुन्तलाको सिजन छ। सुन्तलाका लागि पकेट क्षेत्र