गुल्मीमा छोराले गरे बाबुको हत्या | Khabarhub Khabarhub

गुल्मीमा छोराले गरे बाबुको हत्या


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीस्थित मालिका गाउँपालिकामा छोराले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । मालिका– ३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए ।

भोटबहादुरले ४९ वर्षीया आमा दिलमायालाई पनि धारिलो हरियार प्रहार गरी गम्भीर घाइते बनाएका छन् । सूचना अधिकारी सारूका अनुसार धनबहादुरको घटनास्थलमै मृत्यु भएको थियो भने दिलमायाको टाउकोमा गम्भीर चोट लागेको छ ।

उनीलाई गुल्मी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।

घटनामा संलग्न मानसिक सन्तुलन ठिक नभएका भनिएका छोरा भोटबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १० : ०२ बजे

पाँचथरमा छोराबाट बाबुको हत्या

पाँचथर– पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकले बाबुको हत्या गरेको खुलेको

राष्ट्रपतिको अनुपस्थितिमा कार्यभार उपराष्ट्रपति यादवलाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा हुने ‘सामाजिक विकाससम्बन्धी दोस्रो

नर्सहरूका माग सम्बोधन गर्न नर्सिङ संघको ४८ घण्टे अल्टिमेटम 

काठमाडौं– नेपाल नर्सिङ संघले पारिश्रमिकलगायतका नर्सहरूका मागहरू ४८ घण्टाभित्र पूरा

मनास्लु पदमार्गबाट घाइतेको उद्धार

काठमाडौं – मनास्लु पदमार्गमा घाइते भेटिएका पर्यटकको उद्धार गरिएको छ