त्रियुगाको बाढीले बेल्टार–फत्तेपुर, सुन्दपुर–हँडिया सडक अवरुद्ध « Khabarhub

त्रियुगाको बाढीले बेल्टार–फत्तेपुर, सुन्दपुर–हँडिया सडक अवरुद्ध


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गाईघाट– निरन्तर वर्षाले बेल्टार, फत्तेपुर, हँडिया, सुन्दरपुरमा यातायात सेवा अवरुद्ध भएको छ ।  त्रियुगा नदीमा आएको बाढीले चौदण्डीगढी नगरपालिका क्षेत्रका ती सडकमा क्षति पुर्‍याएको हो । 

बाढीले चौदण्डीगढी नगरपालिकाको वडा नं ९ ज्यामिरेदेखि वडा नं १० हँडिया र वडा नं ५ को सुन्दरपुर जोड्ने सडक भत्काएको छ भने सो क्षेत्रको खोलामा अस्थायी पुलका रूपमा राखिएका ह्युमपाइपमासमेत क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार बाढीले चौदण्डीको बेल्टार–फत्तेपुर सडकमा क्षति गरेको छ । यस क्षेत्रका अस्थायी सडकमा राखिएका ह्युमपाइप बाढीले बगाएको छ ।

सूचना अधिकारी दोङका अनुसार निरन्तर वर्षा भइरहेका कारण अवरुद्ध सडक मर्मत गर्न समस्या भइरहेको छ ।
 

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ११ : ५७ बजे

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन