नेपाल राष्ट्र बैंकले ४० अर्ब निक्षेप खिच्दै « Khabarhub

नेपाल राष्ट्र बैंकले ४० अर्ब निक्षेप खिच्दै


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप सङ्कलन गर्ने भएको छ । एक सूचना प्रकाशन गर्दै राष्ट्र बैंक उक्त रकम १७५ दिनको लागि सङ्कलन गर्ने भएको हो ।

अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत सङ्कलन गरिने उक्त निक्षेपमा दिउँसो २ बजेसम्म बोलकबोल हुने सूचनामा उल्लेख छ । बोलकबोलबाटै ब्याजदर निर्धारण हुने र आगामी वैशाख १३ गते सावाँ तथा ब्याज भुक्तानी हुने जनाइएको छ ।

सूचनाअनुसार बोल कबोलमा क, ख र ग वर्गका बैंक सहभागी हुन सक्नेछन् भने बोलकबोल गर्दा कम्तीमा १० करोड बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा गर्न पाइने छ ।

पछिल्लो समयमा बैंकिङ क्षेत्रमा निक्षेप सङ्कलन बढ्दै जाने र कर्जाको मागमा कमी आउँदा राष्ट्र बैंकले निरन्तर निक्षेप खिच्ने काम गरिरहेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १२ : ०७ बजे

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको

नवरात्रको नवौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा