बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री « Khabarhub

बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

झापा– बिर्तामोडस्थित कृषि थोक बजारबाट एक महिनाको अवधिमा एक करोड पाँच लाख ९० हजार ८०० रुपैयाँको केरा बिक्री भएको छ । 

इलामको दानाबारी, महमाई र झापाको खुदुनाबारी, शनिश्चरे, मेचीनगर, भद्रपुरलगायत स्थानबाट केरा बिक्रीका लागि किसान यहाँ आउँछन् ।

दसैँ, तिहार र छठ पर्वको अवसरमा १९ हजार २५६ घरी केरा औसतमा प्रतिघरी ५५० रुपैयाँका दरले बिक्री भएको कृषि बजार व्यवस्थापन समितिकी तथ्याङ्क सहायक अधिकृत माया राजवंशीले जानकारी दिइन् । उनले गत असोज १० गतेदेखि कात्तिक १२ गतेसम्ममा सो मात्रामा केरा बिक्री भएको बताइन् ।

उनका अनुसार यहाँबाट विराटनगर, जनकपुर, काठमाडौँलगायत स्थानमा न्यूनतम ३०० देखि अधिकतम ८०० रुपैयाँ सम्ममा मालभोक, भण्डारी, जाहजी र चिनीचम्पा केरा जाने गरेको छ । उनले दसैँ र तिहारमा भन्दा बढी छठपर्वमा केरा बिक्री भएको बताइन् । 

यहाँ ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको उक्त थोक बजारमा ताप्लेजुङ, पाँचथर, इलामलगायत पहाडी जिल्लामा उत्पादित कृषिजन्य वस्तुको विषादी मापन गर्ने प्रयोगशाला पनि छ । 

तथ्याङ्क सहायक अधिकृत राजवंशीले यहाँ आएका फलफूल, तरकारीलगायत कृषिजन्य वस्तुको विषादी चेकजाँचपछि मात्र खानयोग्यलाई बजार पठाउने गरिएको जानकारी दिए।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १२ : ४४ बजे

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार