स्याफ्रुबेँसी–रसुवागढी अन्तर्राष्ट्रिय राजमार्ग मर्मत सुरु | Khabarhub Khabarhub

स्याफ्रुबेँसी–रसुवागढी अन्तर्राष्ट्रिय राजमार्ग मर्मत सुरु


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

रसुवा– पाँच दिनदेखिको लगातार वर्षाका कारण अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्डको अन्तर्राष्ट्रिय राजमार्ग पुनः सञ्चालनका लागि मर्मत सुरु भएको छ ।
        
भारी वर्षाका कारण सडकका दर्जनौँ स्थानमा क्षति भई यातायात सञ्चालनमा अवरुद्ध भएको थियो । सडक विभागकै स्वामित्वमा रहेको डोजरको सहायताले अन्तर्राष्ट्रिय राजमार्गको मर्मत सुरु गरिएको गल्छी, त्रिशूली, मैलुङ स्याफ्रुबेँसी, रसुवागढी सडक सुधार आयोजनाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए । 

उनका अनुसार पाँच दिनमा मर्मत सम्पन्न गर्ने लक्ष्यका साथ यही कात्तिक १५ गतेदेखि डोजर परिचालन गरिएको हो । 

गत असार र साउनको वर्षाले क्षति बनाई पुनः सञ्चालनमा ल्याएपश्चात् कात्तिकको वर्षाका कारण सडकमा फेरि क्षति पुगेको थियो । 

 ठाडो खोलाले खोलेर जग उतारेको कुलुङखोला पुलको जगमा  सिमेन्टको कङ्क्रिट भर्ने काम भने सम्पन्न गराइसकेको सडक सुधार आयोजनाले जनाएको छ । 

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १२ : ५६ बजे

कर्णाली याक्सको ट्यालेन्ट हन्ट आज

सुर्खेत– कर्णाली याक्स स्पोर्टस् प्रालिले सुर्खेतको वीरेन्द्रनगरमा आज (सोमबार) ट्यालेन्ट

पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा…

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी– होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन

प्रिमियर लिग : बोर्नमाउथविरुद्ध म्यानचेस्टर सिटीको सानदार जित

काठमाडौं – प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले