एमालेको नीति : घर फर्किनेलाई सामूहिक स्वागत नगर्ने, एक्ला-एक्लै भित्र्याउने « Khabarhub

एमालेको नीति : घर फर्किनेलाई सामूहिक स्वागत नगर्ने, एक्ला-एक्लै भित्र्याउने

भाँडभैलो गराउनेलाई ल्याउनु उचित हुँदैन : केपी ओली


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


987
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले हिजोका दिनमा पार्टी छाडेकाहरूसँग सामूहिक संवाद नगर्ने भएको छ।

एमालेको शनिबार अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीबाट फर्किन चहानेलाई स्वागत गर्नुपर्ने बताएका छन्।

माधवकुमार नेपालले माओवादी केन्द्रमा जाने निर्णय गरेपछि असन्तुष्ट रहेको एउटा पंक्ति फर्किन तयार भएको अवस्थामा उनीहरूलाई फर्काउन तयार रहेको जनाउ ओलीले दिएका हुन् । तर उनले समूहगत एकता नगर्ने राय राखेका छन् ।

ओलीले बैठकमा भने,‘यो फलानो समूह प्रवेश गर्‍यो, त्यो समूह प्रवेश गर्‍यो भन्ने किसिमले नबोलाऊँ । कोही नेता आउन चाहन्छन् भने तिनलाई स्वागत गरौँ, त्यो ठूलो कुरा भएन।’

बैठकमा ओली र केही सचिवालय सदस्यहरूले एकीकृत समाजवादीका नेताहरू आफूहरूसँग छलफलमा रहेको जानकारी गराएका थिए ।

एमालेको सिद्धान्त र विचारमा अडिग रहने नेताहरूलाई फर्काउन कुनै समस्या नभएको भन्दै ओलीले ती नेताहरू आएर भाडभैँले गर्न नहुने मत राखेका थिए । त्यस्ता नेताहरूलाई उतै रोक्नुपर्ने पनि उनले बताएका छन् ।

एकजना सचिवालय सदस्यका अनुसार बैठकमा नेताहरुले एमालेमा फर्किन चाहनेलाई फर्किने ढोका खुल्ला गरिदिनुपर्ने सुझाव अध्यक्ष ओलीलाई दिएका थिए ।

नेताहरूले यस्तो मत राखेपछि ओलीले पनि सकारात्मक जवाफ दिएको ती सचिवालयका सदस्यले बताएका छन् । एमालेमा फर्किनेहरूलाई अहिले नै कुनै पद तोकेर दिन नसकिने पनि ओलीले बैठकमा बताएका छन् ।

माओवादीसँग एकताको निर्णयले फुटेको समाजवादीको एउटा पंक्ति एमालेमा फर्किन तयार भएको छ । तर अर्को पंक्ति भने पार्टी पुनर्निर्माणकै पक्षमा छ । यदि त्यसो भएमा ४ वर्षअघि एमालेबाट चोइटिएको एकीकृत समाजवादी निकट भविष्यमा तीन टुक्रा हुने अवस्था छ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १२ : ५५ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६