एमालेको नीति : घर फर्किनेलाई सामूहिक स्वागत नगर्ने, एक्ला-एक्लै भित्र्याउने « Khabarhub

एमालेको नीति : घर फर्किनेलाई सामूहिक स्वागत नगर्ने, एक्ला-एक्लै भित्र्याउने

भाँडभैलो गराउनेलाई ल्याउनु उचित हुँदैन : केपी ओली


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


987
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले हिजोका दिनमा पार्टी छाडेकाहरूसँग सामूहिक संवाद नगर्ने भएको छ।

एमालेको शनिबार अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीबाट फर्किन चहानेलाई स्वागत गर्नुपर्ने बताएका छन्।

माधवकुमार नेपालले माओवादी केन्द्रमा जाने निर्णय गरेपछि असन्तुष्ट रहेको एउटा पंक्ति फर्किन तयार भएको अवस्थामा उनीहरूलाई फर्काउन तयार रहेको जनाउ ओलीले दिएका हुन् । तर उनले समूहगत एकता नगर्ने राय राखेका छन् ।

ओलीले बैठकमा भने,‘यो फलानो समूह प्रवेश गर्‍यो, त्यो समूह प्रवेश गर्‍यो भन्ने किसिमले नबोलाऊँ । कोही नेता आउन चाहन्छन् भने तिनलाई स्वागत गरौँ, त्यो ठूलो कुरा भएन।’

बैठकमा ओली र केही सचिवालय सदस्यहरूले एकीकृत समाजवादीका नेताहरू आफूहरूसँग छलफलमा रहेको जानकारी गराएका थिए ।

एमालेको सिद्धान्त र विचारमा अडिग रहने नेताहरूलाई फर्काउन कुनै समस्या नभएको भन्दै ओलीले ती नेताहरू आएर भाडभैँले गर्न नहुने मत राखेका थिए । त्यस्ता नेताहरूलाई उतै रोक्नुपर्ने पनि उनले बताएका छन् ।

एकजना सचिवालय सदस्यका अनुसार बैठकमा नेताहरुले एमालेमा फर्किन चाहनेलाई फर्किने ढोका खुल्ला गरिदिनुपर्ने सुझाव अध्यक्ष ओलीलाई दिएका थिए ।

नेताहरूले यस्तो मत राखेपछि ओलीले पनि सकारात्मक जवाफ दिएको ती सचिवालयका सदस्यले बताएका छन् । एमालेमा फर्किनेहरूलाई अहिले नै कुनै पद तोकेर दिन नसकिने पनि ओलीले बैठकमा बताएका छन् ।

माओवादीसँग एकताको निर्णयले फुटेको समाजवादीको एउटा पंक्ति एमालेमा फर्किन तयार भएको छ । तर अर्को पंक्ति भने पार्टी पुनर्निर्माणकै पक्षमा छ । यदि त्यसो भएमा ४ वर्षअघि एमालेबाट चोइटिएको एकीकृत समाजवादी निकट भविष्यमा तीन टुक्रा हुने अवस्था छ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १२ : ५५ बजे

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस

फेरि २६ सय बिन्दुबाट तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेको

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने